१५ वडाका युवाहरु र कामपा प्रमुख विद्या सुन्दर शाक्यबीच भेटवार्ता

१५ वडाका युवाहरु र कामपा प्रमुख विद्या सुन्दर शाक्यबीच भेटवार्ता

मेट्रो संवाददाता

२८ जेठ २०७८ १८:०२

काठमाडाैं, जेठ २८ ।

१५ वडाका युवाहरु र काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यबीच भेटवार्ता भएकाे छ । युवाटाेली र महानगर प्रमुखबीच सभागृहस्थित कार्यालयमा भएकाे भेटवार्तामा १५ वडाका युवाटाेलीले गरिरहेको गतिविधि तथा राेकिएकाे खाेप लगायतका विषायमा छलफल भएकाे छ ।

भेटघाट कार्यक्रममा नेकपा एमाले महानगर कमिटीका सदस्य लक्ष्मण शाहीले १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले कोभिड-१९को विषम् परिस्थितिमा वडाबासीहरुको सुरक्षाको लागि समर्पित भइ गरिरहेको गतिविधि एवं कामपा १५ वडामा खोप केन्द्रमा गरिएको निरीक्षण बारे जानकारी दिएका थिए ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य क्षेत्र नं ८ का उत्प्रेरक एवं नेकपा एमाले महानगर कमिटीका सदस्य निसार उद्दिनले महानगरद्वारा स्थगित गरिएको खोपको विषयमा ध्यानाकर्षण गराएको छ ।

उनले कोभिड-१९ विरुद्धको खोपको स्थगित गरिएको खबरले काठमाडौं महानगरपालिकाका बासिन्दाहरुमा निराशाता छाउनुका साथै मनोबल घट्दै गईरहेको र यथा शिघ्र कोभिड-१९ विरुद्धको ६०वर्ष र ६१ वर्ष उमेरका सबैलाई उपलब्ध गराइदिन प्रमुख शाक्यलाइ अनुरोध गरे ।

काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यले नेकपा एमाले १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी गरेका कार्यहरु उल्लेखनीय रहेको बताए । स्थगित भएकाे खोपको विषयमा ध्यानाकर्षण भएको बताउँदै खोप चाँडै नै उपलब्ध गराउने प्रतिबद्धता जनाए।

नेकपा एमाले महानगर कमिटीका सदस्य उद्दव खड्गी, नेकपा एमाले महानगर कमिटीका सदस्य सानू रत्न फुबरे उपस्थित रहेकाे भेटवार्ताकाे अन्त्यमा युवा संघ नेपाल १५ वडा कमिटीद्वारा स्वयंसेवक रूपमा परिचालित सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुका साथै सुरक्षित भइ सेवा प्रदान गर्न निर्देशन दिए ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता