आज विश्व रक्तदाता दिवस, रक्तदातालाई सम्मान गर्ने अवसरकाे रूपमा मनाइदै

आज विश्व रक्तदाता दिवस, रक्तदातालाई सम्मान गर्ने अवसरकाे रूपमा मनाइदै

मेट्रो संवाददाता

३१ जेठ २०७८ १८:००

काठमाडाैं, जेठ ३१ ।

आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइदैछ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्षको जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।

मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन शुरू गरिएकाे हाे ।

दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मान गर्ने अवसरको रुपमा समेत लिने गरिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण यस वर्ष खुलेर दिवस मनाउन नसकिए पनि भर्चूअल विधिबाट सामान्य तरिकाले कार्यक्रम मनाउन लागिएको छ । विशेषत: नेपाल रेकक्रस सोसाइटीले नेपालमा रक्त संकलन र आवश्यक परेका बिरामीका लागि उपलब्ध गराउँदै आएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता