खोप केन्द्र ब्यबस्थित गर्न युवासंघ र वडा कमिटीकाे सहयोगी भूमिका

खोप केन्द्र ब्यबस्थित गर्न युवासंघ र वडा कमिटीकाे सहयोगी भूमिका

मेट्रो संवाददाता

१ असार २०७८ १६:११

काठमाडाैं, जेठ ३१ ।

कामपा १५ वडाका राष्ट्रिय युवा संघ र नेकपा एमाले कमिटीका युवाहरूले पुन्ह संचालन भएको भेरोसिल खोप अभियानमा स्वयमसेवकको भूमिका निभाएका छन्।

विरेन्द्र सैनिक अस्पताल खोप केन्द्रमा सो संगठनले स्थलगतमा निरीक्षण गर्दै सहजता र ब्यबस्थित गर्न स्वयमसेवी कार्यमा खटिएका हुन्।

अस्तव्यस्त रहेको खोप केन्द्र राष्ट्रिय युवा संघ कामपा १५ वडा कमिटीका स्वयंसेवकहरु द्वारा व्यवस्थीत रूपमा खोप लगाउने वातावरण मिलाउने कार्य गरेको नेकपा एमाले काठमाडौं महानगर सदस्य उद्दव खड्गीले बताए ।

कामपा १५ वडा कमिटीले खोप केन्द्रमा परिचालित स्वास्थ स्वयंसेविका एवं सम्पुर्ण महानुभावहरु लाई धन्यवाद ज्ञापन गर्नुका साथै सुरक्षित भइ परिचालन हुन पनि अनुरोध गरेको छ ।

व्यवस्थीत रूपमा खोप लगाउने वातावरण मिलाउने कार्यमा नेकपा एमाले कामपा १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बा, नेकपा काठमाडौं एमाले महानगर सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य एवं क्षेत्र नं ८ का उत्प्रेरक निसार उद्दिन, राष्ट्रिय युवा संघ कामपा १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, उपाध्यक्ष नियाज उद्दिन, सचिव संजय शाही, सदस्य बाबु राजा श्रेष्ठको उपस्थिति रहेको थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता