काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

मेट्रो संवाददाता

७ असार २०७८ ७:३२

म काठमाडौँ महानगरवासीको मेयर हुँ, दल हेरेर जनप्रतिनिधिलाई उपेक्षा गरिन, गर्दिनः मेयर शाक्य

काठमाडौं, असार ६ । काठमाडौँ महानगरपालिकाको आर्थिक बर्ष ०७८÷०७९ को बार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

सभामा राखिएका प्रस्तावमाथि उपप्रमुखसहित काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले अध्ययन गर्न २ दिनको समय माग गरेपछि प्रमुख शाक्यले आइतबारका लागि बैठक राखेका थिए ।

आइतबार छलफलमा उपमेयरसहितका काँग्रेस निकट वडाध्यक्षले नीति–तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए। प्रमुख शाक्यले सुझाव ग्रहण गर्दै बैठक सुचारु गरे।

‘हाम्रो कार्यकालको अन्तिम नीति, कार्यक्रम तथा बजेट ल्याउँदैछौँ । विगतका वर्षमा सबै निर्णयहरु सर्वसम्मतिमा पारित भए । यस बर्ष पनि सर्वसम्मत निर्णयमा पुग्छौँ ।’ शाक्ले भने ।

‘निर्वाचित भएपछि म काठमाडौँ महानगरपालिकाको मेयर हुँ । उपमेयर, वडाध्यक्ष र सदस्यहरु पनि कुनै दलको होइन तपाईँहरु जनप्रतिनिधि हो । मैले मेयर निर्वाचित भएर आएपछि दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई उपेक्षा गरिन, गर्दिन । त्यसैले तपाईँहरु पनि दलको भन्दा जनताको हितलाई माथि राखेर काम गर्नुहोला म पनि त्यही गर्छु र गरिरहेको छु ।’, प्रमुख शाक्ले प्रस्ट पारे ।

अधिवेसनको पहिलो बैठकमा उपप्रमुखसहित केही नगर सभा सदस्य अनुपस्थित भएकोले २ दिनको समय थप गरिएको थियो । अनुपस्थित सदस्यका तर्फबाट बैठकमा उपप्रमुख हरिप्रभा खड्डी श्रेष्ठले सुझाव पेश गरेका थिए ।

यसरी राखिएका सुझावमध्ये धेरै जसो नीति–तथा कार्यक्रममा समावेश भैसकेका छन् । बाँकी सुझावलाई नीति–तथा कार्यक्रममा समावेश गर्ने शाक्यले बताए ।

‘असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यता छ,’ उनले भने, ‘नीति–तथा कार्यक्रममा त्यस्तो असहमति राख्नुपर्ने केही छैन । अझ सघन अध्ययन गरेर उहाँहरुको सझुावलाई समेत सारकात्मक रुपमा दिदैँ थप बलियो बनाएर जान्छौँ।’

नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट/सहुलियत दिने, महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निशुल्क सेवा जस्ता विषय समेटिएका छन्।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता