मेयर शाक्यले हस्तान्तरण गरे बाढीग्रस्त क्षेत्र मेलम्ची पुगेर तीन करोड

मेयर शाक्यले हस्तान्तरण गरे बाढीग्रस्त क्षेत्र मेलम्ची पुगेर तीन करोड

मेट्रो संवाददाता

७ असार २०७८ २३:५७

मेचलम्ची, असार ७ । सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्र मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि ३ करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

काठमाडौँ महानगरपालिकाको तर्फबाट काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०–५० लाख आर्थिक सहयोग गर्ने घोषणा अनुसार नै यो रकम हस्तान्तरण गरिएको हो । प्रमुख शाक्यले बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो ।

‘मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौँ महानगरपालिकाको सम्वन्ध जोडिएको छ,’ शाक्यले भन्नुभयो, ‘यहाँको नदीको पानीबाट काठमाडौँबासी प्यास मेटाउन आतुर छन् । त्यसैले पनि यहाँका पालिकासँग हाम्रो अतुलनीय सम्बन्ध छ । यो सहयोग रकम ठूलो होइन । तर, यहाँका बासिन्दाको पीडामा थोरै भए पनि यसले मल्हमको काम गर्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’

शाक्यले त्यहाँको क्षतिको हिसावमा महानगरपालिकाले गरेको सहयोग निकै सानो भएको बताउनुभयो । ‘मेलम्चीसँग हाम्रो भगिनी सम्वन्ध स्थापित भएको छ । भगिनी सम्वन्धलाई अझ प्रगाढ बनाउनु पनि छ । त्यसैले भगिनी सम्वन्ध स्थापित भएको पालिकाका बासिन्दालाई परेको दुःखमा साथ दिनु हाम्रो कर्तव्य हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले म आफैँ यहाँका बासिन्दाको दुःखमा थोरै भए पनि साथ दिन सकियोस भन्ने हेतुले यो सहयोग रकम लिएर आएको हुँ । यहाँ भएको मानवीय र भौतिक क्षतिको परिपूर्ति यो रकमले हुँदैन । तर, यहाँका जनताको दुःखमा काठमाडौँ महानगरपालिका साथमा छ भन्ने बोध गराउन पनि हामी यहाँ आएका हौँ ।’

उहाँले मानवीय विपदका बेला संयमता अपनाएर अघि बढ्न सुझाव दिनुभयो । ‘देशैभरीका नागरिकले अहिले बाढी–पहिरोका कारण विपद् भोगिरहनु परेको छ । काठमाडौँ महानगरपालिकाले भगिनी सम्वन्ध स्थापित गरेको नगर मेलम्ची र थप दुई गाउँपालिकाका जनता पनि अहिले विपद्मा छन् । त्यसैले थोरै भए पनि यो पीडामा मल्हम लगाउन हामी यहाँ आएका छौँ,’ शाक्यले भन्नुभयो, ‘कोरोनासँगै अहिले यहाँका बासिन्दालाई अर्को विपद् आइलागेको छ । यो विपद्लाई धैर्य नगुमाई सामान गर्न सबैलाई आग्रह गर्छु ।’

उहाँले भौतिक क्षति पुर्ननिर्माण गर्न सकिने भएपनि मानवीय क्षतिको परिपुर्ति हुन नसक्ने भन्दै विपद्का बेला सकेसम्म मानवीय क्षतिलाई हुन नदिने गरी उद्दार कार्यमा जुट्नु पर्ने पनि बताउनुभयो । उहाँले आगामी दिनमा पनि सहकार्यको हात अघि बढाउन तयार रहेको जानकारी गराउनु भयो ।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले काठमाडौँ महानगरपालिकाको यो सहयोग अतुलनीय भएको भन्दै प्रसंशा गर्नुभयो । ‘मेलम्चीवासीलाई पीडा पर्दा काठमाडौँ महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउनु आउनु भएको छ । मेलम्ची र सिङ्गो यो क्षेत्रका जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उहाँले भन्नुभयो, ‘यो दुःखका बेला गरेको सहयोगले हामीलाई थप ऊजा प्राप्त भएको छ ।’ उहाँले बाढीग्रस्त क्षेत्रको समस्या समधानका लागि योजना बनाउन आग्रह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले यो सहयोगले क्षति व्यवस्थापनका लागि ऊर्जा प्राप्त भएको बताउनु भयो । ‘भगिनी सम्वन्धलाई यो सहयोगले थप बलियो बनाएको छ’ उहाँले भन्नुभयो ‘हामी काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु र महानगरपालिका परिवारलाई धन्यवाद दिन चाहन्छौँ ।’

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता