एघार महिनाभित्र चितवनमा १ सय २० जनाको सवारी दुर्घटनाबाट मृत्यु

एघार महिनाभित्र चितवनमा १ सय २० जनाको सवारी दुर्घटनाबाट मृत्यु

मेट्रो संवाददाता

८ असार २०७८ १९:५५

चितवन, असार ८ । चालु आर्थिक वर्षकाे ज्येष्ठ मसान्तसम्म चितवनमा सडक दुर्घटनामा परेर १ सय २० जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ११ महिनाको अवधिमा कुल ६ सय ४६ जना घाइते भएका छन् ।

जसअनुसार सबैभन्दा बढी चैत्र महिनामा २६ जनाको मृत्यु भएको थियो । सबैभन्दा कम ज्येष्ठ र भाद्र महिनामा ३/३ जनाको मृत्यु भएको थियो  । मङ्सिर महिनामा १३ जनाको मृत्यु भएको थियो । 

यस्तै सबैभन्दा बढी १०४ जना घाइते मङ्सिरमा महिनामा भएका थिए भने सबैभन्दा कम ३१ जना घाइते ज्येष्ठ महिनामा भएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख भगवानराज थापाले चैत्र महिनामा अप्रत्याशित रूपमा ठुला दुर्घटनाको सङ्ख्या बढी भएकोले चैत्र महिनामा बढी मृत्यु भएको बताए  । 

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता