मेट्रो संवाददाता
९ असार २०७८ ८:१२
काठमांडौं, असार ९ । जातीय विभेदको आरोपमा पक्राउ परेकी ५८ वर्षीया सरस्वती प्रधानलाई यथाशीध्र स-सम्मान रिहा गर्न विभिन्न संघसंस्थाले अपिल गरेका छन् ।
नेवार समुदायको जातीय छाता संगठन नेवा: देय् दबु काठमाडाैं जिल्ला समितिले एक बिज्ञप्ति जारि गर्दै विभिन्न संचार माध्यमबाट यस बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
उक्त घटनामा घरधनीले रुपा सुनारप्रति कुनै गालि गलौज नगरेको र घरसल्लाह गरि खबर गर्छु भनेको र कुनै बैना, करार लिई सकेको अवस्था नभएकोमा स्वयंले आफै कामी भएर कोठा नदिने भनेको हो भन्दै आफै कुरा बढाएर फोन रेकर्ड गरि मिडियाकर्मी भन्दै शक्तिको दुपयोग गरि घर धनीलाई सुनियोजित तवरले अतिरन्जित गरेको सो बिज्ञप्तिमा उल्लेख गरिएको छ।
दबुले प्रत्यक घरधनीले आफ्नो घर भाडामा बस्ने व्यक्तिको घर ठेगाना, व्यापार ब्यबसाय, चालचलन तथा अन्य जानकारीको लागि सवाल जवाफ जायज भएको जनाएको छ।
यसैगरि उपत्यका घरधनी सरोकार मंचले यस बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र दलित समुदाय प्रति अपहेलित गरिन नहुनेमा मंच दृढ रहेको जनाएको छ।
साथै मंचले नेपालको संविधानले घरजग्गालाई निजि सम्पत्तिका ग्रहण गरिनुका साथै यसलाई मौलिकहकको रुपमा संबिधानमा उल्लेख भएकोले घरको कोठा कसलाई दिने कसलाई नदिने घरधनिमा सुनिश्चित रहने भनिएको छ।
यल जातिय समाज, यलले पनि यस विषयमा गम्भिर ध्यानाकर्षण गरेको छ । यल जातिय समाजका सदस्य समाज रंजितकार समाजको संयोजकत्वमा मंगलबार बिहान ११ बजे बटुक भैरब मन्दिर परिसरमा यल जातिय समाजका २० सदस्य समाजहरू, नेपाल भाषा मंकाः खल यल, नेवा दे दबु यल, नेवा ग्वाहाली पुचः, पिडित सरस्वती प्रधानको श्रीमान मुकुन्द प्रधान, समाजिक अभियन्ता यादव लाल कायस्थ, समाजिक अभियन्ता राजाराम तण्डुकार लगायतको सहभागितामा बसेको बैठकमा गम्भीर छलफल गरिएको थियो ।
छलफलको निचोडअनुसार निज रुपा सुनारले आफु मिडियाकर्मी भएको नाजायज फाइदा उठाई अतिरंजित तरिकाले मिडियाबाजी गरि कहिँ कतैबाट घरधनीबाट जातिय बिभेद हुने गरि कुनैपनि कार्य नगरेको देखिन आएको र कोठा भाडामा दिने वा नदिने ब्यक्तिगत श्री सम्पत्तिको अधिकार अधिकार कुन्ठित गर्दै घरधनी सरस्वती प्रधानलाई नियतबस फसाइएको निचोड निकालेको थियो ।
घरधनी सरस्वती प्रधानलाई तत्काल बिनासर्त रिहाइको माग गर्नुका साथै अतिरंजित तरिकाले जातिय बिभेद सम्बन्धी बखेडा निकालि आफु मिडियाकर्मी भएको फाइदा उठाएर सयौं बर्ष देखि चलिआएको जातिय सद्भावना खलबलाई समाजमा द्वन्द सृजना गर्न उद्धत रहेकोमा रुपा सुनारलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।
सुनारले आफू दलित भएकै कारण कोठा भाडामा नदिएको आरोप लगाउँदै उजुरी दिएपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले प्रधानलाई पक्राउ गरेको थियो । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछुत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो । त्यस बमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपियाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ ।
सुनारको उजुरीबाट पीडित ५८ वर्षीया प्रधानलाई सुनारले पटकपटक आफू कामी हुँ भनेपछि कोठा दिन सङ्कोच लागेको हुन सक्ने अनुमान गर्दै प्रधानको मुद्दा हेरिरहनुभएका अधिवक्ता नरेश श्रेष्ठले भने, ‘तर त्यसो भन्दैमा प्रधानले सार्वजनिक स्तरमै सुनारलाई कुनै किसिमको दुर्ववहार भने गरेको छैन । कोठाबाट निकालेको, घर भाडा लिएपछि फिर्ता गरेको जस्ताकुनै पनि व्यवहार गरेको छैन । त्यसैले कोठामा भाडामा दिन्नँभन्ने आधारमा प्रहरीले पक्राउ गर्नु उचित देखिन्नँ ।’
यसैबीच सो घटनालाई छुवाछुत विरुद्धको अपराधको रूपमा चित्रण गरी प्रधानलाई कानुनले तोके बमोजिम कारबाही गर्नुपर्ने दलित अधिकारवादी संघसंस्थाले आवाज उठाउदै आएका छन् भने , नेवार समुदाय आवद्द विभिन्न संघ सस्था, बुद्दिजिवि , समाजसेवीले यो बिषयलाई जातीय सद्भाव कायमा राखी सरल समझदारीको बाटोबाट समाधान खोज्नु पर्ने भनेका छन् ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


