देशभरि २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

देशभरि २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

मेट्रो संवाददाता

११ असार २०७८ २०:३८

काठमाडौं, असार ११। आज देशभर कोरोना भाइरसबाट २ हजार ४ सय ७६ जना संक्रमित भएका छन् । 


९ हजार ५ सय  ८६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ७ सय २१ जना तथा ४ हजार ७ सय ६५ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय ५५ जना गरी जम्मा २ हजार ४ सय ७६ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


देशभरबाट गएको २४ घण्टामा ५ हजार ४ सय ५५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५ लाख ७६ हजार ४ सय १३ जना निको भएका छन् । 


आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९१ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
देशभरि आज कोरोना सङ्क्रमणबाट २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

राससका अनुसार यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता