मेट्रो संवाददाता
२७ असार २०७८ ६:५४
काठमाडाैं, २७ असार २०७८ ।
स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना भाइरसको अब आउन सक्ने तेस्रो लहरको गम्भीरता पूर्वक पूर्व तयारीमा रहन निर्देशन दिनुभएको छ ।
वीर अस्पतालमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको शनिबार अवलोकन गर्नुहुँदै मन्त्री श्रेष्ठले कोभिड अस्पतालको रुपमा रहेको वीर अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्न निर्देशन समेत दिनुभयो ।
मन्त्री श्रेष्ठले अस्पतालको आइसियु वार्ड , अक्सिजन प्लान्ट लगायत सबै संरचना अवलोकन गर्नुभएको छ ।
त्यस अवसरमा मन्त्री श्रेष्ठलाई स्वास्थ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतम सहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
अस्पतालले हाल सय बेडको आइसियु सञ्चालन गरिरहेको र बाँकी सय बेड आइसियु सहितको बेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमले जानकारी दिनुभएको छ ।
स्वास्थ्य सचिव अर्यालले मन्त्रालयले तेस्रो लहरलाई मध्यनजर गरी सबै तयारी थालेको बताउनुभयो ।
प्रम ओलीले २०७४ सालमा उद्घाटन गर्नुभएको सो भवन प्रम ओलीले नै आइतबार अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम रहेकोमा मन्त्री श्रेष्ठ निरीक्षण गर्न पुग्नुभएको हो ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


