राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल

राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल

मेट्रो संवाददाता

१२ साउन २०७८ १७:३०

मेट्राेन्यूज / काठमाडाैं, साउन १२ ।

राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुभएको छ ।

बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासबाट त्रिवि शिक्षण अस्पताल पुगी उहाँले नियमित स्वास्थ्य उपचार गर्नुभएको उहाँका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

“उहाँ नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल जानुभएको हो”, ढकालले भन्नुभयो, “राष्ट्रपतिज्यूमा कुनै समस्या नभई नियमित जाँच मात्र गराउनु भएको हो ।” राष्ट्रपति भण्डारी उपचारका लागि अस्पतालमा करीब ४० मिनेट रहनुभएको थियो ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता