अस्पताल पुनः सूचीकरण गर्न निर्देशन

अस्पताल पुनः सूचीकरण गर्न निर्देशन

मेट्रो संवाददाता

२९ साउन २०७८ २०:३९

सरकारले कोभिड–१९ को दोस्रो लहरमा एक्कासी बढेको सङ्क्रमितको सङ्ख्याले तेस्रो लहरको सम्भावनालाई नकार्न नसकिने परिस्थितिको आँकलन गर्दै पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन इकाइ तथा स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको अनुरोधअनुसार गृह मन्त्रालयले बन्द रहेका देशभरका कोभिड–१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयले सूचीकरणसम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरूमा प्रत्यायोजन गर्नाका साथै केन्द्र तथा अन्य निकायसँग समन्वय र सहकार्य गर्न निर्देशन पनि दिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता