मेट्रो संवाददाता
३२ साउन २०७८ १८:४९
काठमाडाैं, ३२ साउन । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुला मञ्चलाई खुला नै राख्ने महानगरपालिकाको अडानले मूर्तरुप प्राप्त गरेको बताउनु भएको छ ।
काठमाडौँ महानगरपालिकाको ६८ औँ कार्यपालिका बैठकलाई सम्वोधन गर्दै शाक्यले यस्तो बताउनु भएको हो ।
‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुकै आग्रहमा काठमाडौँ महानगरपालिकाले सहमति दिएको थियो,’ प्रमुख शाक्यले भन्नुभयो, ‘वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माण सम्पन्न भएसँगै खुलामञ्चलाई खुला गर्ने हाम्रो अडानले पुर्णता प्राप्त गरेको छ ।
पछिल्लो समय बसपार्क पनि त्यहाँबाट हटाएर खुलामञ्चलाई पूर्णरुपमा खुला गरेका छौँ ।’ शाक्यले आम नागरिक, राजनीतिक दल र विभिन्न समूहका अभिव्यक्ति स्वतन्त्रताका लागि सार्वजनिक स्थानहरु उपलब्ध हुनुपर्छ भन्ने हेतूले खुलामञ्चलाई खुला नै छाड्ने महानगरपालिकाको नीतिलार्ई निरन्तरता दिएको स्मरण गराउनुभयो ।
‘विभिन्न राजनीतिक दल र सर्वसाधारणले आफ्ना आवाज र माग सम्वोधनका लागि सडकमा सभा–सम्मेलन, धर्ना, जुलुस गर्दा ट्राफिक जाम भई आवतजावतनै अस्तव्यस्थ भई थप भिडभाड बढ्ने र अन्तराष्ट्रिय यात्रुहरुलाई समेत ओहोरदोहोरमा कठिनाई हुने भएकाले हामीले खुलामञ्चलाई व्यवस्थापन गर्न खोजेका हौँ,’ शाक्यले भन्नुभयो, ‘खुलामञ्च व्यवस्थापनसँगै माइघीघर, बानेश्वर, दरवारमार्ग, रत्नपार्क लगायतका स्थानमा सभा–सम्मेलन, धर्ना, जुलुस गर्न नपाउने समेत व्यवस्था गर्न चाहेका छौँ ।’
विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाई सभा गर्दा महानगरपालिका क्षेत्र भित्रको व्यापार–व्यवसाय समे अस्तव्यस्त बन्ने गरेको भन्दै शाक्यले प्राचीन कालदेखि काठमाडौँको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला राख्दै थप व्यवस्थापन गर्ने कार्यमा महानगरपालिका प्रतिवद्ध रहेको पनि जानकारी दिनुभयो ।
‘खुलामञ्चलाई सार्वजनिक कार्यक्रमको लागि एउटा प्रभावकारी स्थलको रूपमा विकास गर्ने योजनामा हामी छौँ,’ शाक्यले भन्नुभयो । शाक्यले खुलामञ्च थप व्यवस्थापनका लागि सरकारसँग पहल गरिरहेको पनि जानकारी गराउनुभयो ।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा प्रधानमन्त्रीज्युसँग पटक–पटक रानीपोखरीदेखि खुलामञ्चसम्मलाई व्यवस्थापन गर्न हामीले तयार पारेको गुरुयोजनाबारे छलफल गरेका थियौँ,’ शाक्यले भन्नुभयो, ‘हामीले तयार पारेको गुरुयोजनाबारे राष्ट्रिय पुनर्निमाण प्राधिकरणसँग पनि पटक–पटक छलफल गरेका छौँ । त्यसैले खुला मञ्चलाई खुला नै राख्नुपर्छ भन्ने हाम्रो अभियान अहिले पनि जारी छ ।’
पछिल्लो समय अर्थात धरहरा उद्घाटनका बेला प्राधिकरणले लैनचौरदेखि केशरमहल, नारायणहिटी दरबारदेखि जमल हुँदै रानीपोखरीसम्म, रानीपोखरीदेखि टुँडिखेल हुँदै दशरथ रंगशालासम्मको क्षेत्रलाई खुला क्षेत्रको रूपमा व्यवस्थित गर्ने ग्रेटर टुँडिखेल गुरुयोजना अघि सारेको पनि स्मरण गराउनुभयो ।
शाक्यले नेपाल सरकार, प्रदेश सरकार, उपत्यका भित्रका पालिका र सवारी साधान व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधानको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टछुट्टै सवारी साधान टर्मिनलको विकास गर्न महानगरपालिकाले पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शाक्यले काठमाडौँ महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको समेत स्मरण गराउनुभयो । ‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ,’ उहाँले भन्नुभयो, ‘त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला ।’
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


