वडा १२ को कार्यालय भवन शिलान्यास

वडा १२ को कार्यालय भवन शिलान्यास

मेट्रो संवाददाता

२ भदौ २०७८ १७:२९

काठमाडौं, २ भदाै । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ ।

टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उहाँले आज सांस्कृतिक पूजा गर्दै भवनको शिलान्यास गर्नुभएको हो ।

‘हामीले वडा भवन पचली क्षेत्रमा बनाउने योजना तयार गरेका थियौँ । सुन्दर बगैँचा र खुल्ला स्थानसहितको वडा भवन बनाउने प्रस्तावित ठाउँमा केही विवाद देखियो । विवाद समाधानको समय कुर्दा समय लाग्यो । नत्र अहिलेसम्ममा वडा भवन निर्माण भएर प्रयोगमा आइसक्ने थियो ।’ शिलान्यासपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भन्नुभयो, ‘हामी विवादमा पर्न चाहेनौँ । त्यसैले पुरानै वडा भएको ठाउँमा नयाँ भवन बनाउने निर्णयमा पुग्यौँ ।’

मेरो नेतृत्वमा महानगरमा जनप्रतिनिधि आइसकेपछिको पहिलो कार्यपालिका बैठकमा हामीले महानगरको व्यवस्थित सेवाका लागि केन्द्रीय र वडा भवन निर्माण गर्ने सर्वसम्मत निर्णय गरेका थियौँ । त्यही निर्णय कार्यान्वयनका क्रममा आज वडा १२ को कार्यालय भवन शिलान्यास गरिएको हो । प्रमुख शाक्यको भनाइ थियो ।

सेवा प्रवाहका लागि यो महत्वपूर्ण काम भएको छ । भवन निर्माणका विषयमा कुरा गर्दै वडाध्यक्ष विकास डंगोलले भन्नुभयो, ‘भ्याटसहित वडाको लागत ४ करोड २५ लाख ३२ हजार ४४८ लागत अनुमान गरिएको थियो । निर्माण कार्य खरिद प्रक्रियामा भ्याटसहित ३ करोड २० लाख ५१ ह्जार ६७० रुपैयाँ कवोल गर्ने निर्माण पक्षले यसको जिम्मेवारी पाएको छ ।’

भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भवन जमिनतलासहित ६ तले हुनेछ । ०—४—१—२ मा निर्माण हुने भवनको भूमिगत तलामा पार्किङ् हुनेछ । अपाङ्गमैत्री भवनमा ६ जना अट्ने लिफ्ट पनि जडान हुनेछ । पाँचौँ तलामा ६० जना अट्ने सभा कक्ष हुनेछ । भवनको निर्माण अवधि १५ महिना अर्थात् ०७९ असार १५ गतेसम्म राखिएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता