औपचारिक शिक्षासँगै जीवन चलाउन व्यवहारिक शिक्षापनि आवश्यक – उपप्रमुख खड्गी श्रेष्ठ

औपचारिक शिक्षासँगै जीवन चलाउन व्यवहारिक शिक्षापनि आवश्यक – उपप्रमुख खड्गी श्रेष्ठ

मेट्रो संवाददाता

२६ भदौ २०७८ १७:३०

शनिबार राष्ट्रिय बाल दिवसको अवसर काठमाडाैं महानगरपालिकाका उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठले १२ वडास्थित टेकुको जन उद्धार सेवा समिति बाल गृहमा शैक्षिक सामाग्री वितरण गर्नुहुँदै ।

काठमाडाैं । ‘बालबालिकाहरुलाई औपचारिक शिक्षासँगै जीवन चलाउन व्यवहारिक शिक्षा पनि अति आवश्यक छ । औपचारिक शिक्षाले रोजगारीका लागि र व्यवहारिक शिक्षाले जीवन व्यवस्थापन गर्ने सीप दिन्छ ।’

शनिबार राष्ट्रिय बाल दिवसको अवसर काठमाडाैं महानगरपालिकाका उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठले यस्ताे बताउनुभयो हाे ।

महानगरभित्र विदेशी दाताहरुको सहयोग बिना सञ्चालनमा रहेका बाल गृहमा गएर उपप्रमुख खड्गी श्रेष्ठले शैक्षिक सामाग्री वितरण गर्नुभएको थियाे ।

विदेशी दाताको सहयोग नलिई स्वदेशी तथा आफ्नै प्रयासमा बाल संरक्षणमा काम गर्ने संघसंस्थाहरुको पहिचान भएको छ, महानगरपालिकाले सहयोग गरिने उपप्रमुखले बताउनुभयाे ।

यसरी सामाग्री दिइएका बाल गृहहरुमा वडा १२ टेकुको जन उद्धार सेवा समिति, वडा १९ रामघाटको एपीसी नेपाल, वडा १४ को बाल संरक्षण अभियान, वडा २६ को मातृभूमि महिला समाजसहित ७ वटा छन् । यस्तै वडा ३ महाराजगञ्जमा रहेको बहिराका लागि सहयोगी हातहरु, वडा ५ मा रहेको समुदाय वातावरण तथा बाल विकास संघ, वडा ३१ मा रहेको उज्यालो नेपालमा आश्रित बालबालिकालाई सामाग्री दिइएको थियो ।

कार्यक्रमकाे शुरुवात वडा १२ को जन उद्धार सेवा समितिबाट भएको थियो । त्यस अवसरमा वडा १२ का अध्यक्ष विकास डंगोलले बाल बचाउ र बाल संरक्षणका लागि वडा तहबाट पनि प्रयास भएको उल्लेख गर्दै आफूले समन्वयकारी भूमिका खेलेर सामाजिक कामलाई प्रोत्साहन गरेको बताउनु भयो ।

महानगर आफ्नै ठाउँमा आएपछि अभिभावक आएको महसुस भएको छ । यसले हामीलाई सामाजिक काम गर्न प्रोत्साहन मिलेको छ । त्यस क्रममा बाल गृह सञ्चालकहरुले धारणा राख्नुभएको थियो ।

हरेक बर्षको भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रुपमा मनाउने गरिएको छ । सन् १९८९ मा जारी भएको संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धिलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ तारिख अनुमोदन गरेको थियो । यसमा मुलत बाल विकास, बाल संरक्षण, बाल सहभागिता र बाल बचाउका विषय छन् । यस दिनलाई नेपालले राष्ट्रिय बाल अधिकार दिवसका रुपमा मनाउन थालेको ३१ बर्ष भएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता