मेट्रो संवाददाता
१२ असोज २०७८ १९:०७

काठमाडाैं । पछिल्लो २४ घण्टामा एक हजार १५८ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ हजार तीन जनामा कोभिड–१९ परीक्षण गर्दा एक हजार १५८ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४२२ पुगेको छ । हाल सङ्क्रमण दर १८.९ प्रतिशत रहेको छ ।
यस्तै ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की र रुपन्देहीमा पाँच सयभन्दा बढी सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा एक हजार ३१८ ले सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ६३ हजार ७३४ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत रहेको छ ।
यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ११५ जनाको निधन भइसकेको छ । हाल देशभर ३६४ जना सघन उपचार कक्ष (आइसियु), १२० जना भेन्टिलेटर, १७ हजार १२५ जना होम आइसोलेसन, एक हजार २९७ जना संस्थागत आइसोलेसन र ३२८ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै आज देशभरि दुई लाख आठ हजार ९० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६९ लाख ६० हजार ८२८ ले पहिलो मात्रा र ६२ लाख पाँच हजार ७७० जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


