सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरमा उलेख्य प्रगति भएको छ — प्रमुख शाक्य

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरमा उलेख्य प्रगति भएको छ — प्रमुख शाक्य

मेट्रो संवाददाता

२० असोज २०७८ १३:३४

स्थानीय भाषाको पाठ्यक्रम कार्यान्वयन गरेको, प्राविधिक शिक्षाको प्रवर्धनमा लगानी गरेको र विद्यालय शिक्षालाई प्रतिस्पर्धी बनाउन नीतिगत प्रबन्ध गरेको योगदानको कदर स्वरुप काठमाडाैं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य लाई सम्मान गरिंदै ।

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरका सामुदायिक विद्यालयहरू संस्थागत विद्यालयका लागि प्रतिस्पर्धी भएको बताउनुभएकाे छ । आज शिवपुरी स्कूलको ७३ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाइ सम्बाेधन गर्दै प्रमुख शाक्यले यस्ताे बताउनुभएकाे हाे ।

प्रमुख शाक्यले स्वच्छ शैक्षिक प्रतिस्पर्धाबाट शैक्षिक गुणस्तर बढाउने योजना कार्यान्वयन भइरहेकाे बताउनुभयाे । यसै बर्षदेखि ५ वटा प्राविधिक विद्यालय सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको बताउनुभयो ।

‘हामीले विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार क्लव (स्टीम क्लब) को अवधारणा ल्याउँदा सामुदायिक विद्यालयहरुले कार्यक्रम सञ्चालन गर्ने आँट गर्नुभएकाे थिएन । अहिले उहाँहरु कार्यक्रम माग्न थाल्नुभएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरमा प्रगति भएको छ ।’ शाक्यले भन्नुभयो, ‘निजी क्षेत्रबाट लगानी जोखिमको गुनासो आउन थालेको छ । हामीले निजी शैक्षिक क्षेत्रको लगानी जोखिम गराउने योजना बनाएका छैनौँ । हामी सामुदायिक विद्यालयको भौतिक अवस्था र शैक्षिक गुणस्तर सुधार गरेर प्रतिस्पर्धी बनाउँछौँ ।’

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले, विद्यालयलाई प्रविधियुक्त बनाउन सहयोग गर्ने बताउनुभयो । सामुदायिक विद्यालयबाट उत्पादन भएका जनशक्ति उच्च पदमा रहेर सेवा दिइरहनुभएको छ । सामुदायिक शैक्षिकत स्तरलाई जोगाउन सबैको प्रयास आवश्यक पर्छ । उहाँले, काठमाडौँ महानगरले शैक्षिक क्षेत्र सुधारका लागि अघि सारेका कार्यक्रमबाट परिणाम देखिन थालेको उल्लेख गर्नुभयो ।

शिवपुरी स्कूलमा यो बर्ष विद्यार्थी भर्नाको चाप थेग्न कठिन भयो । कार्यक्रममा वडा ३ का अध्यक्ष दीपक के. सी. ले महानगरले नीति र बजेटको व्यवस्था गरेपछि अवस्थामा परिवर्तन आएको उल्लेख गर्नुभयो ।

यो स्कूल नमूना विद्यालयका लागि छनौट भएको विद्यालय हो । यसमा आविष्कार क्लव कार्यक्रम सञ्चालनमा छ । विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीकाअनुसार विद्यालयमा १ हजार २८९ विद्यार्थी छन् । विद्यालयमा प्राविधिकतर्फ कम्प्युटर इन्जिनियरिङ् अध्यापन हुन्छ । कक्षा ९ — १२ का लागि सञ्चालित यस कार्यक्रममा ५० जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

कार्यक्रममा प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडाध्यक्ष दीपक के. सी. लाई सम्मान गरिएको थियो । स्थानीय भाषाको पाठ्यक्रम कार्यान्वयन गरेको, प्राविधिक शिक्षाको प्रवर्धनमा लगानी गरेको र विद्यालय शिक्षालाई प्रतिस्पर्धी बनाउन नीतिगत प्रबन्ध गरेको योगदानको कदर स्वरुप उहाँहरुलाई सम्मान गरिउको हो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता