माडी भेटेरिनरी अस्पतालको सेवा सुरु

माडी भेटेरिनरी अस्पतालको सेवा सुरु

मेट्रो संवाददाता

२३ असोज २०७८ १३:१६

चितवन । माडी नगरपालिकामा भेटेरिनरी अस्पताल सञ्चालनमा आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशु सेवा केन्द्र भवन माडीमा अस्पतालको सेवा सुरु गरिएको हो ।

आयोजनाले भवन हस्तान्तरण गरेसँगै अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । आयोजना निर्देशक डा उमेश दाहालले शुक्रबार भवन प्रमुख ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । सोही सेवा केन्द्रलाई अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको हो । नेपालमा नै पहिलोपटक स्थानिय तहद्वारा सञ्चालित भेटेरिनरी अस्पताल ‘माडी भेटेरिनरी अस्पताल’ रहेको ढकालको भनाइ छ । आयोजनाले रु ९० लाखको लागतमा निर्माण गरेको सो केन्द्र माडी भेटेरिनरी अस्पतालबाट व्यवस्थित प्रयोगशाला, थुनेलो परीक्षण, गोबर जाँच तथा लार्भा परीक्षण सेवा, माछा पोखरीको पानी परीक्षण गरिने छ । साथै पशु पन्छीको बहिरङ्ग सेवा, शल्यक्रिया तथा शव परीक्षण र विशेषज्ञ सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । अस्पतालमा एक जना पशु विज्ञ चिकित्सकसहित विभिन्न रोगका विशेषज्ञ व्यक्तिले सेवा दिनेछन् ।

यस अस्पतालबाट निकट भविष्यमा नै रगत परीक्षण, भिडियो एक्सरे, कल्चर सेवालगायतका सेवा दिने तयारी गरिएको ढकालको भनाइ छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता