सहिद सप्ताहको छैठौं दिन शोभाभगवतिमा सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिक अनावरण

सहिद सप्ताहको छैठौं दिन शोभाभगवतिमा सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिक अनावरण

मेट्रो संवाददाता

१५ माघ २०७६ १५:२३

काठमाडौं । सहिद सप्ताहको छैठौं दिन शोभाभगवती विष्णुमति नदी किनारमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको सालिक अनावरण गरिएको छ ।

श्रद्धाञ्जली सभामा बोल्ने क्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने सहिदको योगदान कसैसँग तुलना हुन नसक्ने बताए। व्यवस्था परिवर्तनसँग स्वाधीनताको र नागरिक अधिकार प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदलाई हामी चीरकालसम्म सम्झना गरिरहन पूर्ण कदको शालिक निर्माण गराएका बताए । सहिद गंगालालको नाममा गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता गरेके भन्दै मेयर शाक्यले माघ १६ गते धर्मभक्तको जन्मस्थल नजिक ओमबहालमा धर्मभक्त माथेमा पार्क उद्घाटन गर्ने जानकारी दिए । सहिदको योगदानलाई चीर स्मरणीय बनाउन भौतिक पूर्वाधार, सुन्दर पार्क निर्माण तथा अन्य भौतिक संरचना र सेवासँग सहिदको नाम जोड्दै लगिने मेयर शाक्यले बताए ।

जनताका मागअनुसार देशलाई स्वतन्त्र बनाउने कार्यमा अघि बढ्दा राणाविरोधी भएकोले मृत्युदण्ड दिएको कुरा महानगरका उपप्रमुख हरिप्रभा खड्गीले बताए । उनले दशरथलाई पहिले खुट्टामा गोलि हिर्काएको र उनले सक्छ भने छातिमा हिर्का भनेपछि छातिमा गोलि हानी मृत्युदण्ड दिएको बताए । देश बनाउने सबै राजनेताहरुलाई पनि कसैले बिर्सनु नहुने बताउँदै राजनीतिक परिवर्तनसँग सहिदको सपना अन्तरसम्बन्धित भएको श्रेष्ठले स्पष्ट पारे । बिकासबाट मुलुकलाई समृद्ध बनाउन र नागरिकलाई खुसी बनाउन सहिदको सपना सम्झना गर्दै निर्भीक भएर जिम्मेवारी पूरा गर्ने उपप्रमुख श्रेष्ठले बताए ।

सभामा सम्बोधन गर्ने क्रममा संघीय सांसद जीवनराम श्रेष्ठले चार जना सहिदहरुकै कारण आज जनताहरु विभिन्न पदमा बसी देश हाक्न अवसर पाएको बताए । उनले सहिदहरुले तानाशाहको युगबाट स्वतन्त्र युगमा पु¥याएको तर, अहिलेसम्म पनि बर्गीय विभेदको खादल पुर्न बाँकी भएको बताए । गतवर्षको कार्यक्रममा बोलेको कुरा पुर्णकदको सालिक स्थापना गरी पुरा गरेकोमा श्रेष्ठले मेयर शाक्यलाई बधाई पनि दिए । साथै शोभाभगवतिको सार्वजनिक जग्गालाई संरक्षण गरेर सहिदपार्क बनाउने श्रेष्ठले बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नं १५का अध्यक्ष ईश्वरमान डंगोलले १९९७ साल माघ १५ गते निरंकुश शासकहरुले गोली हानी मृत्युदण्ड दिएका सहिदद्वय सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दले आफ्नो जीवनको आहुती दिएकै कारण आज हामीहरु प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रका स्वतन्त्र नागरिक भएको बताए । भावी पुस्ताको निमित्त हाँसी हाँसी मृत्युदण्ड स्वीकार गरेका सहिदप्रति नमन गर्दै देसकालागि सबैजना उतरदायी हुनुपर्ने बताए । सहिदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नु पर्ने खाँचो भएके बताउँदै डंगेलले विकृत सोचले समस्या सृजना हुने र अव सामुहिक हितका लागि सोच राखेर यसबाट प्राप्त परिणामले सहिदको सपनामा योगदान पु¥याउने बताए ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारी तथा जनसाधारण सहभागीता थियो। वडा १५ को संयोजनमा महानगरले १६ लाख १० हजार रुपैयाँ खर्च गरेर शालिक निर्माण गराएको हो । यस कार्यका लागि जगसहित करीब १८ लाख रुपैयाँ खर्च भएको छ । शालिक महेश तुलाधरले निर्माण गरेका हुन् ।

हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता