वडा २१ यंगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सुरु

वडा २१ यंगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सुरु

मेट्रो संवाददाता

७ कार्तिक २०७८ १८:४५

आजदेखि काठमाडौँ महानगरपालिकाले वडा २१ यगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । वडा भवन निर्माण सम्पन्न नहुञ्जेलसम्मका लागि यंगाल क्लवको भवनमा क्लिनिक सञ्चालनमा ल्याइएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले क्लिनिकको शुभारम्भ गर्नुभएको हो ।

क्लिनिक शुभारम्भ गर्दै प्रमुख शाक्यले, स्वास्थ्य र शिक्षामा महानगरले लगानी बढाएको उल्लेख गर्नुभयो । ‘हामीले महानगरबासीको मात्र उपचार गरेर हुँदैन । देशविदेशबाट काठमाडौँ आउने सबैको उपचार गरिदिनुपर्छ । महानगरले सञ्चालन गरेका क्लिनिकमा सेवाग्राहीको आकर्षण बढाउन सकियो भने ठूला अस्पतालमा सामान्य समस्याका विरामीको चाप घट्छ । यसले गर्दा ठूला अस्पतालहरुमा जटिल रोगको उपचारमा सहज हुन्छ । त्यसैले हामीले स्वास्थ्यमा लगानी बढाएका छौँ । अन्य स्वास्थ्य संस्थासँग सहकार्य गरेका छौँ । यसले गर्दा कोविड, डेङ्गुलगायत महामारीसँग जुध्न सजिलो भएको छ ।’

त्यस क्रममा प्रमुख शाक्यले, महानगरले सञ्चालनमा ल्याएका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकको आकर्षण बढाएर सेवाग्राहीको संख्या बढाउँदै लैजानु पर्ने बताउनुभयो । लगानी बढाउने जाने, सेवाग्राहीको संख्या घट्दै जाने हो भने लगानी खेर जान्छ । हाम्रो लगानीबाट धेरै नागरिकले लाभ पाउनुपर्छ । उहाँको भनाइ थियो ।

त्यस क्रममा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले, सरकारले जनताका लागि व्यवस्था गरेका सेवा वडाबाटै पाउने वातावरण तयार भएको उल्लेख गर्नुभयो । त्यस्तै क्लिनिक इञ्चार्ज लक्ष्मण अधिकारीले, क्लिनिक सञ्चालनमा आएपछि सेवा व्यवस्थापनमा सहज भएको उल्लेख गर्नुभयो ।

अहिले महानगरका ३२ वटै वडामा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक छन् । यसका अतिरिक्त वडा १२ र १४ मा थप १÷१ वटा क्लिनिक छन् । रामघाट प्राथमिक स्वास्थ्य केन्द्र नेपाल सरकारबाट महानगरलाई नीतिगत रुपमा हस्तान्तरण गरिसकेको छ । यस्तै टेकुमा एउटा अकुपङ्चर सेवा पनि छ ।

महानगरले एक वडा एक सामुदायिक सहरी क्लिनिकको नीति बनाएर सबै वडामा क्लिनिक स्थापना गरेको हो । यसको पछिल्लो क्रममा वडा २, ९, ११, २०, २१, २२ र ३० गरी ७ वटामा स्थापना गरिए ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता