पत्रकार कल्पना महर्जन सम्मानित

पत्रकार कल्पना महर्जन सम्मानित

मेट्रो संवाददाता

१८ कार्तिक २०७८ १४:१५

विश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे उत्तर र दक्षिण दुबै माेहडाबाट सफल आराेहण गरी वर्ल्ड बुक रेकर्डमा नाम लेखाउन सफल पत्रकार कल्पना महर्जन सम्मानित हुनु भएकाे छ ।

मासंगाः नेवाः पुच मासांगाःकाे आयाेजनामा नेपाल संवत् ११४२ नयाँ वर्ष र दिपावलीकाे उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयाेजना गरी पत्रकार महर्जनलाई नगद २५ हजारबाट सम्मान गरिएकाे थियाे ।

वर्ल्ड रेकर्ड राख्न सफल भएका पत्रकार महर्जनले नेवार भएकाे कारणले हिमाल आराेहणकाे बेला बिभिन्न दुःख, कष्ट व्यहाेर्नु परेकाे बताउँदै नेवार समुदायबाट साेचेकाे जति सहयाेग नपाएकाे बेला याे सम्मानले ठूलाे महत्व राखेकाे भन्नुभयाे ।

त्यस्तै उक्त कार्यक्रममा नेपाली काँग्रेस काठमाडाैं महानगर कमिटीमा सभापतिकाे पदमा निर्वाचित हुनु भएका स्थानीय एवं वडा अध्यक्ष नीलकाजी शाक्यलाई पनि पुचःद्वारा सम्मानित हुनुभएकाे थियाे ।

कार्यक्रममा आफ्नाे मन्तव्य राख्ने क्रममा शाक्यले दुवै माेहडाबाट सर्वाेच्च शिखर आराेहण गरेर नेवार समुदायकाे इज्जत, मान, प्रतिष्ठालाई सगरमाथाकाे उचाइमा पुर्‍याउनु भएकाेमा महर्जनलाई राष्ट्रव्यापी रूपमा नै सम्मान गर्नुपर्ने बताउनु भयाे ।

काठमाडाैंकाे २५ वडामा अवस्थित प्रदिप्त पुस्तकालयमा भएका उक्त कार्यक्रममा संस्थाका सहसचिव राजु महर्जनले स्वागत मन्तब्यका साथै गुथि अस्ट्रेलियाबाट आराही पत्रकार महर्जनकाे सहयाेग स्वरूप पठाएकाे नगद रू. १ लाख र सम्मान पत्र हस्तान्तरण गर्नु भएकाे थियाे ।

कार्यक्रमका सभापति संस्थाका अध्यक्ष नरेश महर्जनले आराेही कल्पना महर्जनलाई थप रू. २५ हजार नगद सम्मान स्वरूप प्रदान गर्नभएकाे थियाे ।

संस्थाका सचिव सुरेश महर्जनले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रमपश्चात चियापान कार्यक्रम पनि भएकाे थियाे ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता