मेट्रो संवाददाता
२१ मंसिर २०७८ १७:१३

लैङ्गिक हिँसाका विषयमा विद्यालयका बालबालिकासँग अन्तरक्रिया गरिएको छ । समुदाय-प्रहरी साझेदारी का.म.पा. १५ वडा समिति र महानगरीय प्रहरी बृत्त, स्वयम्भूकाे संयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध अन्तर्राष्ट्रिय १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएकाे छ ।
कामपा १५ वडाकाे भुइखेल चाैरमा भएकाे उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले, हिँसा न्युनीकरण तथा व्यवस्थापनका लागि समुदायकै भूमिका ठूलो हुने उल्लेख गर्नुभयो । उजुरी परेका घटना मात्र प्रहरीको सूचनामा हुन्छन् । प्रहरीमा नआउनेको संख्या धेरै भएको तथ्याङ्कले देखाउँछ । त्यसैले घटनालाई सुरुमै नियन्त्रण गर्न व्यक्ति र समुदायको भूमिका बढाउनु पर्छ । सिंहको भनाइ थियो ।
कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, सामाजिक न्यायमा आधारित समाज निर्माणलाई महानगरले प्राथमिक योजनाका साथ दायित्व लिएको उल्लेख गर्नुभयो । हामीले वडामार्फत सञ्चालन गर्ने कार्यक्रममा पनि यो क्षेत्रलाई महत्व दिएका छौँ । डंगोलको भनाइ थियो ।
कार्यक्रमकाे बारे प्रकाश पार्ने क्रममा वडा सदस्य मैयाँलक्ष्मी महर्जनले जागरणमुलक कार्यक्रमबाट व्यक्तिहरुमा हिँसाका लागि आउन सक्ने भाव घटाउने दिशामा हामी कार्यक्रम गरिरहेकाे भन्नुभयाे ।
समाजमा महिला र पुरुष दुवैमा हिँसा हुने गरेका छन् । तर तुलना गर्दा पुरुष हिँसाका घटना कम र महिला हिँसाका घटना धेरै छन् । त्यसैले महिला हिँसाका घटनाका बारेमा धेरै चर्चा गर्नु परेको हो, महानगरीय प्रहरी वृत्त, स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन के. सी. ले धारणा राख्नुभयो ।
त्यस अवसरमा नेपाली सेनाको महावीर सौर्य गण (रेञ्जर) आइकीडो डोजो छाउनीले आत्म सुरक्षा सम्बन्धी प्रदर्शन गरेको थियो ।
हिँसा के हो? यसलाई कसरी चिन्ने? विषयमा स्टोरी किचनका कार्यक्रम संयोजक विजु कँडेलले प्रशिक्षण दिनुभएको थियो । अहिले समाजमा केही परिवर्तन भएको छ । रुपान्तरण हुन बाँकी छ । कँडेलको भनाइ थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले हिँसा, यसका प्रकार र सुरक्षाका विषयमा प्रश्न राखेका थिए ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


