‘येँ देय् म्हसिके’ काे पढाइ सम्बन्धी अनुगमन कार्य शुरू

‘येँ देय् म्हसिके’ काे पढाइ सम्बन्धी अनुगमन कार्य शुरू

मेट्रो संवाददाता

२१ मंसिर २०७८ ७:३०

सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय विषयवस्तु ‘येँ देय् म्हसिके’ काे पढाइ सम्बन्धी अनुगमन कार्य शुरू भएकाे छ ।

काठमाडाैं महानगरपालिका भित्रका सबै विद्यालयहरूमा स्थानीय विषयवस्तु ‘येँ देय् म्हसिके’ काे पढाइकाे विषयमा सहजीकरणकाे निमित्त अनुगमन कार्य शुरू गरिएकाे हाे ।

नेपालको संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक सय पूर्णाङ्कको एक विषय अध्ययन/अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।

काठमाडाैं महानगरपालिकाले आफ्नाे क्षेत्र भित्रका विद्यालयहरूमा अनिवार्यरूपमा स्थानीय विषयवस्तु समेटेर स्थानीयभाषा नेपालभाषामा तयार पारिएकाे पाठ्यक्रम ‘येँ देय् म्हसिके’ लागु गरिएकाे थियाे ।

महानगर भित्रका सबै स्कुलमा कक्षा 1-8 सम्मको स्थानिय विषय ‘येँ देय् म्हसिके’काे पढाइ सम्बन्धी सहजीकरणको लागि नेपालभाषा व्यवस्था समितिबाट अनुगमन टाेली बनाएर यहि मंसिर १३ गते देखि अनुगमन शुरू गरेका छन् ।

अनुगमनका क्रममा स्थानिय विषय ‘येँ देय् म्हसिके’काे पढाइ राम्राेसँग संचालन भइरहेकाे पाएकाे अनुगमन टाेलीका सदस्य दर्शनवीर शाक्यले बताउनुभयाे । नेवा: र गैर नेवा: सबै विद्यार्थीहरु नेपालभाषा स्थानिय विषय ‘येँ देय् म्हसिके’ प्रति खुशी देखिन्छन् ।

चाँडबाग स्कुल (बाँसबारी) का प्रीन्सिपल दिपक कोइराला र भानुभक्त मेमोरियल स्कुल (महाराजगंज) का प्रीन्सिपल बम बहादुर मोक्तान द्वय् कामपाको नेपालभाषा पाठ्यक्रम प्रति अत्यन्त सन्टुष्ट रहेको अनुगमन टाेलीका सदस्य दीपक तुलाधरले बताउनु भयाे ।

पाठ्यपुस्तक लेखन समितिका प्रमुख प्राविधिक सल्लाहकार एवं लेखक वरुणप्रसाद वैद्यकाअनुसार बालबालिकालाई नेपालभाषा लाद्ने गरी होइन, परम्परागत ज्ञानसीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको छ । पुस्तकको अध्ययनले काठमाडौं महानगरलाई नजिकै रहेर हार्दिकतापूर्वक बुझ्न सकिने छ ।

‘येँ देय् म्हसिके’ पाठ्यपुस्तकमा काठमाडौँ महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, समाजलाई योगदान पु¥याएका विशेष व्यक्ति आदिसम्बन्धी पाठ मात्र समावेश गरिएको बताउनुहुन्छ । यी दुवै स्थानीय तहका पाठ्यक्रममा नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् ।

कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीकाअनुसार बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन गरेकाे छ । कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन गरिएकाे छ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत  ५० सैद्धान्तिक पठनपाठनकाेव्यवस्था गरिएको छ ।

नेपालको संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक सय पूर्णाङ्कको एक विषय अध्ययन/अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।

कामपाको नगर सभाको सर्बसम्मत निर्णय बाट कामपा भित्रका सबै स्कुलमा नेपालभाषामा स्थानिय विषय पढाउन शुरु गरिएको हो ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता