मेट्रो संवाददाता
१ फागुन २०७६ १७:४४
काठमाडौं सुनचाँदी व्यवसायी संघको तालिम भवनको शिलान्यास गरिएको छ ।
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुनदर शाक्यले तालिम भवनको शिलान्यास गरेका हुन् ।
२५ वडा झ्वाःबहालस्थित कुसुमबियालाछिमा बनाउन लागेको तालिम भवनको फागुन १ गते विहिबार शिलान्यास गरिएको हो ।
काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, कामपा १७ वडा अध्यक्ष नवीन मानन्धर, २५ वडा अध्यक्ष नीलकाजी शाकय, सुनचाँदी व्यावसायीलगायत विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा विशेष पुजा गरेर शिलान्यास भएको थियो ।
काठमाडौं महानगरपालिका प्रमुख शाक्यले भने, ‘सुनचाँदी क्षेत्रका विकासको लागि संघले गरेको काममा आवश्यक परेको खण्डमा महानगरपालिकाले पनि सहयोग गर्न तयार छ ।’ कार्यक्रममा बोल्नेक्रममा शाक्यले सुनचाँदीको कला र सीपको विकास गर्न सके त्यसबाट आर्थिक विकास सँगै थप रोजगारीको श्रृजना हुने विश्वास दिलाए ।
संघले युवा पुस्तालाई सुनचाँदी बनाउने सीपको तालिम दिने योजना सकरात्मक भएको महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले बताए । उनले संघले खेलेको भूमिकाले सुनचाँदी बजारलाई स्थानीय जनशक्तिबाट विकास गर्नलाई थप मद्दत पु¥याउने बताए ।
कार्यक्रममा संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले सुुनचाँदी बजार क्षेत्रलाई व्यावसायिकरण र सीपको विकास गर्न सुनचाँदी तालिम सम्बन्धी विद्यालयको अवधारणा अघि सारेको बताए । यस भवनलाई नमूना तालिम केन्द्रको रुपमा विकास गर्ने योजना भएको भन्दै उनले यस क्षेत्रलाई आवश्यक जनशक्तिको विकास, सीप र व्यावसायिक क्षमताको पूर्वाधारको लागि प्रशिक्षण केन्द्र निर्माण गर्ने योजनाअनुसार तालिम केन्द्र बनाउन लागेको बताए ।
तालिम केन्द्र ६ महिना भित्र सञ्चालन ल्याउने योजना संघले जानकारी दिए । तालिम केन्द्रमा कालिगढ तयार गर्ने, बजार व्यवस्थापन र सेल्सम्यान तयार गर्नेका साथै सैद्धान्तिक र प्राविधिक तलिम समेत दिने योजन भएको संघले थप जानकारी दिए ।
तालिममा अपांगता भएका १०, परम्परागत पेसामा आवद्ध ६०, उत्पीडन र जनजातिबाट १५, महिलाबाट १५ प्रतिशतलाई तालिम दिइने छ । उत्कृष्ट २० जना प्रशिक्षार्थीलाई अर्को चरणको प्रशिक्षणमा प्रशिक्षक बनाउने संघको योजना छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


