मेट्रो संवाददाता
६ पुष २०७८ ६:३०
नेपाल एउटा विभिदताले भरिएकाे देश हाे । अनेकतामा एकता कायम गर्नु नेपालीहरूकाे विशेषता हाे । विभिन्न धार्मिक, सामाजिक, सांस्कृतिक, भाैगाेलिक, लैंगिकले विभिदतालाई नेपालकाे संस्कृतिले एकसुत्रबद्ध पार्न सफल भएकाे देखिन्छ ।
शनिबार काठमाडाैं महानगरपालिकाकाे १३ नं. वडा बाफल, पुरानाे कालीमाटीस्थित ज्ञानाेदय माविमा यस्तै दृष्य देख्न पाएका छन् । यःमरि पुन्हिकाे दिन स्कुलमा विभिन्न कक्षाका विभिन्न समुदायका विद्यार्थीहरूले नेवार परम्परागत रूपमा यःमरि उत्सव मनाएका छन् ।

उत्सवमा सहभागिता जनाउने क्रममा महानगरका प्रमुख विद्यासुन्दुर शाक्यले हिमाल, पहाड, तराई जस्ताे भाैगाेलिक विभिदता भएकाे देशमा सबै जातजातीकाे भाषा, संस्कृति, सम्पदाकाे संरक्षण हुनुपर्छ भनेर नेपालकाे संविधानले नै प्रत्याभूति गरेकाे बताउनुभयाे ।
नेपालको संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक सय पूर्णाङ्कको एक विषय अध्ययन/अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।
काठमाडाैं महानगरपालिकाले आफ्नाे क्षेत्र भित्रका विद्यालयहरूमा अनिवार्यरूपमा स्थानीय विषयवस्तु समेटेर स्थानीयभाषा नेपालभाषामा तयार पारिएकाे पाठ्यक्रम ‘येँ देय् म्हसिके’ लागु गरिएकाे थियाे ।
महानगर प्रमुख शाक्यले नेपालकाे इतिहास जान्नकाे लागि यहाँकाे शिलालेख वा दस्तावेज पढ्नु वा बुझ्नु पेरका नेपालभाषाकाे आवश्यकता पर्ने बताउँदै उहाँले स्थानीय विषय वस्तुकाे अध्यापनसँगै नेपालभाषा स्नाकाेत्तर तह (MA) मा विद्यार्थीहरूकाे संख्या उल्लेखनीय रूपमा बढेकाे जानरकारी समेत दिनुभयाे ।
उपत्यकाका चाडपर्व-भेषभुषा बुझाउन तयार पारिएकाे स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीके’मा कक्षा १ का विद्यार्थीहरूले पढ्नु पर्ने पाठ हाे ‘यःमरि पुन्हि’ । यस पाठ्यपुस्तकमा यःमरिकाे बारेमा कवितादेखि यःमरिकाे बारेमा जानकारी दिने पाठ्यक्रम तयार पारिएकाे छ ।
यःमरि च्वामु, उकी दुने हाकु
ब्यूसा माकु , मब्यूसा फाकु
ब्यूम्ह ल्यासे, मब्यूम्ह बुरिकुति ।।
त्यःछिं त्यः, बकछिं त्यः
लातापाता कुलिचां, जुछिं त्यः ।।

कार्यक्रममा कामपा वडा नं. १८ का वडाध्यक्ष एवं कामपा सम्पदा, संस्कृति तथा पर्यटन विभागका संयाेजक न्हुछेकाजी महर्जनले जाेडाेयामकाे चिसाेबाट बच्नकाे लागि यःमरि खाने गरेकाे परम्पराकाे बारेमा थप प्रकाश पार्नुभयाे ।
उहाँले यःमरिपुन्हि (धान्य पूर्णिमा)काे दिन सबैभन्दा छाेटाे दिन र लामाे रात भएकाे बताउँदै अवका दिनहरू यःमरिकाे चुच्चाे जस्तै लम्बिदै जाने बताउनुभयाे ।
लामाे रात भएकाे हुनाले धेरै बेर सुत्न हुन्न भन्ने मान्यताअनुरूप यःमरि पकाएर सबै गुथियारकाे घरमा गई यःमरिकाे गीत गाउँदै यःमरिसँग धान साट्ने चलनकाे बारेमा थप प्रकाश पार्नुभयाे ।
‘येँ देय् म्हसिके’ पाठ्यपुस्तकमा काठमाडौँ महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, समाजलाई योगदान पु¥याएका विशेष व्यक्ति आदिसम्बन्धी पाठ मात्र समावेश गरिएको छ । स्थानीय तहका पाठ्यक्रममा काठमाडाैंकाे जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् ।
काठमाडाैं महानगरका विद्यालयहरूमा स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडाैं चिनाैं) पाठ्यपुस्तकबाट पढाउने कार्य भइरहेकाले उपत्यकाका चाडपर्व, संस्कार, संस्कृति यहाँकाे विद्यार्थीहरूले सिक्नुकाे साथै महानगरपालिकाकाे स्थानीय पाठ्यक्रमअनुसार व्यवहारिक ज्ञानसमेत हासिल गरिरहेकाे छन् ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...








