शुभसेवा र भिजन कीर्तिपुर सहकारीको वार्षिक साधारण सभा सम्पन्न

शुभसेवा र भिजन कीर्तिपुर सहकारीको वार्षिक साधारण सभा सम्पन्न

मेट्रो संवाददाता

२० पुष २०७८ १३:१४

कीर्तिपुर नगरपालिका वडा नं. ८ पांगामा सञ्चालित शुभसेवा बचत तथा ऋण सहकारी संस्था लि.को तेह्रौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कीर्तिपुर नगरपालिका वडा नं. ७ टाउनप्लानिङ्गमा अवस्थित शुभकामना ब्याङक्वेटमा भएको उक्त साधारण सभाको कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले उद्घाटन गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठको सभापत्विमा सम्पन्न भएको उक्त साधारण सभाको उद्घाटन गर्नुहुँदै नगर प्रमुख महर्जनले उद्यमशीलता विकास गर्न सहकारीले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

कोभिडका कारण सिथिल प्रायः भैरहेको हालको अवस्थालाई मध्यनजर
गरी स–साना उद्योगहरू सञ्चालन गर्न गराउन विश्वासकै आधारमा रोजगारी श्रृजना हुनेगरी लगानी गर्न सुझाव दिनुभयो ।

संस्थाका सचिव राजेन्द्र श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रम कार्यकारी प्रमुख अरुण डंगोलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संस्थापक प्रकाशराम महर्जनको निधन प्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

त्यसैगरी टाउन प्लानिङ्ग मै सञ्चालित भिजन कीर्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.को चौधौं साधारण सभा पनि शनिबार नै सम्पन्न भएको थियो ।

नगर प्रमुख महर्जनले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको साधारण सभा संस्थाका अध्यक्ष राममान महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।

वडा नं. ९ स्थित कृष्ण क्याटरिङ्गमा भएको उक्त कार्यक्रममा सहकारीमा बचत तथा कारोबार गर्ने उत्कृष्ट व्यक्तिहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता