कीर्तिपुरलाई लोककल्याणकारी नगर बनाउछौं – नगर प्रमुख महर्जन

कीर्तिपुरलाई लोककल्याणकारी नगर बनाउछौं – नगर प्रमुख महर्जन

मेट्रो संवाददाता

२७ पुष २०७८ ९:५७

नेपाल सरकारले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्न गरेको प्रतिवद्धतालाई टेवा पु¥याउने गरी कीर्तिपुर नगरपालिकाले विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ ।

विशेषगरी कीर्तिपुर नगरपालिकाले महिला लक्षित विभिन्न कार्यक्रमहरू गरिरहेको सन्दर्भमा कीर्तिपुर नगरपालिका वडा नं. ३ ले पनि महिला क्षमता अभिवृद्धि, वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धी आवासीय तालिम सम्पन्न गरेको छ ।

यही पुस २३ गते नगरकोट स्थित होटल मारी गोल्डमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख महर्जनले कीर्तिपुरलाई लोककल्याणकारी कीर्तिपुर नगर बनाउने अवधारणा प्रस्तुत गर्नुभयो ।

अहिले सञ्चालन गरिरहेको घरघरमा स्थानीय सरकार अन्तर्गत नगरमा कुनै शिशुको जन्म भयो भने बधाई सहित रु. ३ हजार सहयोग दिने त्यसै गरी कुनै नगरबासीको निधन भएमा सम्बन्धित वडा मार्फत नै समवेदना स्वरुप रु. १० हजार सहयोग गरिरहेको उल्लेख गर्नु हुँदै नगर प्रमुख महर्जनले यसले गर्दा प्रत्येक घरमा स्थानीय सरकारको उपस्थिति जनाएको औंल्याउनु भयो ।

यसैगरी नगरपालिकाले हालसम्म भौतिक पूर्वाधारमा धेरै खर्च गरिसकेको र अबका दिनमा त्यस क्षेत्रमा कम मात्र खर्च गरे पुग्ने जस्ले गर्दा बजेट त हुने नै भएकोले कीर्तिपुरलाई लोककल्याणकारी कीर्तिपुर नगरपालिका बनाउन सकिने स्पष्ट पार्नुभयो ।

अबको केही दिनमा प्रत्येक वडाले आफ्नो वडा प्रोफाइल तयार गर्ने र वडामा कम आय भएका परिवार पहिचान गरी ती परिवारका नानीहरूलाई वडाले नै छात्रवृत्ति दिने बताउनु भयो ।

बाटो बन्नु मात्र विकास नभई सबै नगरिक खुशी हुनु नै विकास भएको उल्लेख गर्नु हुँदै नगर प्रमुख महर्जनले सबै नागरिकले आफूलाई समस्या पर्दा स्थानीय सरकार छँदैछ, उसले हेर्छ भन्ने अनुभूति दिलाउने बताउनुभयो । त्यसका लागि आवश्यक मापदण्ड बनाइरहेको समेत नगर प्रमुख महर्जनले बताउनु भयो ।

नागरिकले पनि वडा वा नगरपालिकाले गरेको कामलाई मूल्याङ्कन गरी राम्रोलाई राम्रो र गलत भएकोलाई गलत भनी औंल्याइदिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा विशेष अतिथि कीर्तिपुर नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले महिलाहरू सफल हुनका लागि गएको समयको मूल्याङ्कन, हालको अवस्था र भविष्यको योजना बनाउनु पर्नेमा जोड दिनुभयो ।

उद्यमशिलता, साक्षरता र रोजगारीलाई अगाडि बढाउनको लागि आफैंले आफैलाई फर्केर हेर्नु पर्दछ जसले गर्दा आफू कहाँसम्म पुगेको छ लर्छङ्ग हुने बताउनु हुँदै उप–प्रमुख खड्काले उपस्थित सबै जना आ–आफ्नो ठाउँमा सफलता हासिल गरिसकेकोले नै यहासम्म आउन सकेको उल्लेख गर्नुहुँदै अझ बढी सफलता हासिल गर्न मिहिनेत गर्नु पर्ने बताउनु भयो ।

वडाका अध्यक्ष राजेन्द्र महर्जनको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा वडाका सदस्य तथा नगरपालिकाको न्यायिक समिति सदस्य मिलन महर्जनले स्वागत गर्नुभएको कार्यक्रम वडाका सदस्य तथा कार्यपापिलका सदस्य नन्ददेवी महर्जनले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको अर्काे चरणमा महिलाहरूको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । प्रशिक्षक रुपेन्द्र महर्जनले महिलाहरूको स्वभाव, आफूले आफैंलाई चिन्नु पर्ने र महिला भएर पनि थुप्रै कामहरू गर्न सकिने बारेमा प्रशिक्षण दिनु भएको थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता