‘सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम’को डिपीआर तयार

‘सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम’को डिपीआर तयार

मेट्रो संवाददाता

८ माघ २०७८ १७:०९

 काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा निर्माण हुन लागेको ‘सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम’ को विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार भएको छ ।
 
आज काठमाडौँमा एक समारोहबीच काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभयो । अब तत्कालै बोलपत्र आह्वान गरी निर्माण कार्यसमेत सुरु गरिने नागार्जुन नगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरपालिकाको शहरी योजना आयोगले डिपीआर तयार गरेको हो । 

नागर्जुन–६ स्थित सेतो गुम्बा नजिकै निर्माण हुन लागेको आश्रमको भवनको रु ११ करोड लागत काठमाडौँ महानगरपालिकाले बेहोर्ने गरी गएको असोज मै त्रिपक्षीय सम्झौता भएको थियो । यहाँ झण्डै २०० सहयोगापेक्षी राख्न मिल्ने आश्रम निर्माण हुन लागेको जनाइएको छ ।

सम्झौतापत्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य, नागार्जुन नगरपालिकाका प्रमुख बस्नेत र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभएको थियो । सहयोगापेक्षी सडक मानवुक्त काठमाडौँ बनाउने उद्देश्यस्वरूप जिल्लाका सडकमा अलपत्र अवस्थामा रहेका बेसहारा, असहाय तथा मनोरोगीको उद्धार गरी उक्त आश्रममा लगेर राखिने छ । 

त्यसको व्यवस्थापन भने मानवसेवा आश्रमले गर्नेछ । उक्त समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले उक्त कार्य हामी सबैको साझा भएकाले मिलेर काठमाडौँलाई बेसहारा सडक मानव मुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । 

नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले सहिदको नाममा बेसहारा राख्ने पवित्र संस्था आफ्नै नगरपालिकामा स्थापना हुन लागेकामा खुसी व्यक्त गर्दै संविधानको व्यवस्था कार्यान्वयनतर्फ गएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले आश्रमका कारण अहिले सडकमा सहयोगापेक्षीहरु निक्कै कम देखिँदै आएको बताउनुभयो । आश्रमका अध्यक्ष अधिकारीले सुरुआती कालदेखि नै काठमाडौँ महानगर र नागार्जुन नगरपालिकाले आश्रममा अभिभावकीय दायित्व निर्वाह गर्दै आएकोमा काम गर्ने प्रेरणा मिलेको बताउनुभयो । 

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता