आज देशभर १० हजार बढी सङ्क्रमित थपिए

आज देशभर १० हजार बढी सङ्क्रमित थपिए

मेट्रो संवाददाता

१० माघ २०७८ १८:१९


पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २१ हजार २०१ परीक्षण गर्दा १० हजार ३१९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ हजार ५५० पुगेको छ । पछिल्लो समय दुई हजार ५४० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या आठ लाख २४ हजार २३९ पुगेको छ । यो दर ८९.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

चारको मृत्यु

विगत २४ घण्टामा चार जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६५९ जनाको सङ्क्रमणका कारणले मृत्यु भइसकेको छ । यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाके, रुपन्देही र कैलाली रहेका छन् ।

यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, गोरखा, तनहुँ, स्याङजा, बागलुङ, दाङ, पाल्पा र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमण दर १७.९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा ८० हजार ७७९, संस्थागत आइसोलेशनमा एक हजार ७७१, सघन उपचार कक्ष २३८ र भेन्टिलेटरमा ४३ जनाको उपचार हुँदैछ ।

एक लाख बढीले लगाए खोप

विगत २४ घण्टामा आज एक लाख १९ हजार ३७१ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ८९ हजार ४२५ जना र पूर्ण मात्रा एक करोड २९ लाख ६६ हजार ३६२ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज एक लाख ६८ हजार ९६९ मात्रा लगाइएको छ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता