लुमन्तिद्वारा कीर्तिपुर नगरका विद्यालयहरूलाई कथा सङ्ग्रह वितरण

लुमन्तिद्वारा कीर्तिपुर नगरका विद्यालयहरूलाई कथा सङ्ग्रह वितरण

मेट्रो संवाददाता

२६ फागुन २०७८ २३:४९

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले कीर्तिपुरका विद्यालयहरूलाई सम्पदा सम्बन्धी कथा सङ्ग्रह वितरण गर्नुभएको छ । पर्य–सम्पदा परियोजना अन्तर्गत ग्ल्(ज्ब्द्यक्ष्त्ब्त् र लुमन्ति आवासको लागि सहयोग समूहद्वारा तयार पारिएको सो कथा सङ्ग्रह यही फागुन २५ गते मंगल मा.वि.को हलमा भएको एक कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख महर्जनले वितरण गर्नुभएको हो ।

कार्यक्रममा वडा नं २ का अध्यक्ष रमेशमान डंगोल, वडा नं.६ का अध्यक्ष न्हुच्छे बहादुर महर्जन र वडा नं १० का अध्यक्ष अमन महर्जनसहित नगरपालिकाका कर्मचारीहरू, विद्यालयहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । ४ वटा नगरपालिका (महालक्ष्मी, गोदावरी, कीर्तिपुर र चन्द्रागिरि) का १० वटा सम्पदा वस्तिहरूको जानकारी दिने गरी चित्र सहितको कथा सङ्ग्रह तयार गरिएको हो । कार्यक्रममा पर्य–सम्पदा परियोजनाद्वारा तयार पारिएका ज्भचष्तबनभ ध्बपिष्लन ःबउक हरू वडा अध्यक्षहरू तथा नगर प्रमुखलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा ग्ल्(ज्ब्द्यक्ष्त्ब्त् का सूचना तथा सञ्चार संयोजक सुमन गिरिले पर्य–सम्पदा परियोजना अन्तर्गत अमूर्त सम्पदा संरक्षण अन्तर्गत लुमन्ति र ग्ल्(ज्ब्द्यक्ष्त्ब्त् द्वारा सो कथा सङ्ग्रह प्रकाशन गरिएको जानकारी दिनुभयो । विद्यालयहरूका प्रतिनिधिको उपस्थितिका लागि धन्यवाद् दिनुहुँदै अनुपस्थित विद्यालयहरूलाई शिक्षा शाखासँगको सहकार्यमा प्रदान गरिने बताउनुभयो ।

कार्यक्रममा वडा नं. ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनले आफ्नो वडामा पर्य–सम्पदा परियोजना अन्तर्गत लुमन्तिद्वारा तयार गरिएका डिजाइनहरूलाई वडा, नगरपालिका तथा लुमन्तिसँगको सहकार्यमा मण्दः फल्चा, बहाः बहि, चोबाहाः ध्वाखा आदि निर्माण गरिएको बताउनुभयो ।

कीर्तिपुर नगरपालिकाका प्रमुख  महर्जनले लुमन्तिले समुदाय, सरोकारवालासँगको सहकार्यमा मूर्त र अमूर्त सम्पदाको अभिलेखीकरण गरेकोमा धन्यवाद् व्यक्त गनुहुँदै कीर्तिपुर नगरपालिकाका सम्पदा वस्तिहरू ः पाँगा, कीर्तिपुर र चोभारको सम्पदा संरक्षण योजना अनुसारका कार्यहरू गरिएको बताउनुभयो । नगर प्रमुख महर्जनले चित्र सहितको कथा सङ्ग्रह विद्यालय तथा विद्यार्थीहरूका लागि निकै महŒवपूर्ण भएको र स्थानीय पाठ््यक्रमका लागि उपयोगी हुने समेत बताउनुभयो ।                                                                       

कार्यक्रम लुमन्ति संस्थाका परियोजना संयोजक न्यूटन महर्जनले सञ्चालन गर्नुभएको थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता