६ जेष्ठ २०८१, आईतवार | Sunday, 19 May, 2024

Tag: Corona

यौन सम्पर्क र कोरोनाको डर

यौन सम्पर्क र कोरोनाको डर

पत्रिका, स्वास्थ्य/शिक्षा
यौन (सेक्स) प्राकृतिक कुरा हो । हरेक सामान्य मानिसमा यौन चाहना हुने गर्छ । अधिकांश मनोवैज्ञानिक तथा यौन विशेषज्ञहरू यस कुरामा सहमत छन् कि मानिसको शरीरमा यौन भावना जन्मदेखि नै एक ऊर्जाको रुपमा मौजुद हुन्छ । यस्तो यौन ऊर्जा युवाकालमा निकै बलशाली हुने गर्छ । मानिसको मस्तिष्कमा विद्यमान लिम्बिक प्रणालीले कामुक इच्छा, कामोत्तेजना, यौन सक्रियता तथा सहवासको प्रक्रियालाई नियम र नियन्त्रण गर्ने काम गर्छ । जब स्त्रीपुरुष एक अर्काप्रति आकर्षित हुन्छन्, त्यसबेला टेस्टोस्टरेन तथा फेनिलथैलामाइन जस्ता हार्मोनहरू निस्कासन हुन्छन् । टेस्टोस्टरेनलाई पुरुष हार्मोन भनिन्छ । यो हार्मोनले सेक्स चाहना जगाउन तथा यौनांगलाई उत्तेजित बनाउने कार्य गर्छ । यो हार्मोनले नै स्त्रीपुरुषलाई सहवासका लागि उत्साहित तुल्याउँछ । फेनिलाथैलामाइनले मुडलाई नियन्त्रित गर्छ । यसका साथ यौन प्रक्रियाको बेलामा एण्डोर्फिन, अक्स...
साउन १ गतेदेखी उपत्यकामा साझा यातायात चल्ने

साउन १ गतेदेखी उपत्यकामा साझा यातायात चल्ने

समाचार
२८ असार, काठमाडौं । सरकारी स्वामित्व रहेको साझा यातायातले साउन १ गतेदेखी उपत्यकामा सार्वजनिक यातायात चलाउने भएको छ । सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझा यातायातले बस चलाउने भएको साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत साझा यातायातले छोटो दुरीमा केही दिनभित्रै बस चलाउनेगरी तयारी थालेको र साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने जानकारी दिएका हुन् । Sajha Yatayat buses stand at ready to start limited service in the Valley within the next few days, promoting safe travel with social distancing. The buses and we their handlers have missed our passengers dearly, and can’t wait to get back on the road. pic.twitter.com/ycuegmlus0— Kanak Mani Dixit (@KanakManiDixit) July 11, 2020 साझा यातायात सहकारी संस्था लिमिटेडका निम...
ऐश्वर्या राय बच्चन र उनकी छोरीलाई पनि कोरोना पाेजेटिभ

ऐश्वर्या राय बच्चन र उनकी छोरीलाई पनि कोरोना पाेजेटिभ

बलिउड
२८ असार, काठमाडाैं बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेका छन् ।बलिउडका महानायक अमिताभ बच्चन र छोरा अभिषेक बच्चन पछि अहिले बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चन पनि कोरोना संक्रमित भएका हुन् । जया बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आराध्या र ऐश्वर्या घरमा नै क्वारेटिनमा रहने अभिषेक बच्चनले सोसियल मेडियामार्फत जानकारी दिएको छ । अभिषेकले ट्वीटमार्फत भने, ‘ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु दुबैजना होम क्वारेटाइनमा रहने छन् । बीएमसीलाई उनीहरुको जानकारी दिइसकेको छ । घरका बाँकी सबै सदस्यहरु र मेरी आमाको रिपोर्ट नेगेटिभ आएको छ । तपाइँहरु सबैको प्रार्थनाको लागि धन्यवाद ।’ Aishwarya and Aaradhya have also tested COVID-19 positive. They will be self quarantining at home. The ...
बलिउड महानायक अमिताभ बच्चनसँगै अभिषेक बच्चनपनि काेराेणा संक्रमित

बलिउड महानायक अमिताभ बच्चनसँगै अभिषेक बच्चनपनि काेराेणा संक्रमित

बलिउड
२८ असार, काठमाडाैं । बलिउड अभिनेता अमिताभ बच्चनसँगै उनका छाेरा अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएको छ। अमिताभ बच्चनकाे सामाजिक सञ्जालमा दिएकाे जानकारी लगत्तै उनका छाेरा बलिउड अभिनेता अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना पाेजेटिभ भएको जानकारी दिएका हुन्। हाल उनीहरुलाई मुम्बइकाे नानावटी अस्पताल भर्ना गरिएको छ। बच्चन परिवारका अन्य सदस्य र उनीहरुका नजिकको मानिसहरुको कोरोना परीक्षण भइरहेको  छ।अमिताभ बच्चनलाइ स्वासप्रस्वासमा अलि समस्या अाएकाेले शनिवार राती १० बजे अस्पताल लगेकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । Earlier today both my father and I tested positive for COVID 19. Both of us having mild symptoms have been admitted to hospital. We have informed all the required authorities and our family and staff are all being tested. I request all to stay calm an...
बलिउड महानायक अमिताभ बच्चन कोरोना संक्रमित

बलिउड महानायक अमिताभ बच्चन कोरोना संक्रमित

बलिउड
२८ असार, काठमाडाैं । बलिउडका अभिनेता अमिताभ बच्चन कोरोना संक्रमित भएका छन् ।बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनी भारतको नानावती अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यमले जानाएका छन् ।अभिनेता बच्चनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरु तथा परिवारका सदस्यहरुमा समेत कोरोना परीक्षण गर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै भनेका छन्, ‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’सामाजिक सञ्जाल मार्फत उनले पारिवारको सदस्य र अन्य स्टाफहरुको परीक्षण प्रक्रिया अघि बढिसकेको र नतिजा पर्खाइमा रहेको पनि जनाएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।७७ बर्षी...
कोभिड १९ को दोस्रो लहर के हो र यो कहिले आउँछ ?

कोभिड १९ को दोस्रो लहर के हो र यो कहिले आउँछ ?

पत्रिका
८ असार, काठमाडौं । कोरोनाभाइरसको विश्वव्यापी महामारी तत्काल सकिने छाँटकाँट देखिँदैन। केही देशहरू यो महामारीसँग सङ्घर्ष गरिहेका छन्, तर भाइरसलाई अहिले नियन्त्रणमा राख्न सफल देशहरू “दोस्रो लहर” आउने त्रासमा छन्। एक शताब्दीअघि फैलिएको स्पेनिश फ्लूको दोस्रो चरण पहिलोभन्दा बढी घातक थियो के त्यसो भए दोस्रो लहर अवश्यम्भावी छ ? यो कतिसम्म खराब हुनसक्छ त ? दोस्रो लहर भनेको के हो ? तपाईँ यसलाई समुद्री छालसँग तुलना गर्न सक्नुहुन्छ। सङ्क्रमितहरूको सङ्ख्या माथि जान्छ र फेरि तल झर्छ – प्रत्येक चक्र कोरोनाभाइरसको एउटा “लहर” हो। तर अझैसम्म यसको औपचारिक व्याख्या छैन।”यो नितान्त वैज्ञानिक होइन, लहरलाई कसरी व्याख्या गर्नुहुन्छ भन्ने तपाईँको स्वेच्छा हो,” वोरिक यूनिभर्सिटीका डाक्टर माइक टिल्डेस्लीले भने। केहीले सङ्क्रमितको कुनै पनि सङ्ख्या वृद्धिलाई दोस्रो लहर भनी व्याख्या गर्छन्, तर धेरैजसो ...
राति १० बजे देखि बिहान ५ बजेसम्म हिँड्न नपाइने, १५ जनाभन्दा बढी भेला नहुन आग्रह

राति १० बजे देखि बिहान ५ बजेसम्म हिँड्न नपाइने, १५ जनाभन्दा बढी भेला नहुन आग्रह

महानगर, समाचार
५ असार, काठमाडौं । गृह मन्त्रालयले लकडाउनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७ जारी गरेको छ। असार १ गतेबाट लकडाउन खुकुलो भएसँगै चहलपहल बढ्न थालेसँगै नयाँ मापदण्ड लागू गरिएको हो।नयाँ मापदण्ड अनुसार अत्यावश्यक काम बाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न प्रतिबन्ध लगाइएको छ।मन्त्रालयले उद्योग, विकास निर्माणको काम, लगायत क्रियाकलाप संचालन गर्दा एक स्थानमा एक पटकमा १० जना भन्दा बढी व्यक्ति जम्मा नभइ काम गर्ने वातावरण मिलाउन भनेको छ।यस्तै, अत्यावश्यक काम बाहेक आफ्नो आवास वा कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न आग्रह गर्दै बाहिर हिँड्डुल गर्दा दुई मिटरको भौतिक दूरी कायम राख्न र मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ। मन्त्रालयले विवाह, ब्रतवन्ध लगायत सामाजिक र सांस्कृति कार्यहरुमा समेत १५ भन्दा बढी मानिस भेला हुन नपाउने जनाएको छ। विवहा, व्रतबन्ध, मृत्यु संस...
नेपालमा बुधबार हालसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित, उग्र रूप लिँदै कोरोना

नेपालमा बुधबार हालसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित, उग्र रूप लिँदै कोरोना

समाचार, स्वास्थ्य/शिक्षा
३ असार, काठमाडाैं । नेपालमा आज बुधबार थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ५ सय ८६ जनाका सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।नेपालमा बुधबार हालसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।प्रवक्ता डा. गौतमका अनुसार ७ हजार १ सय ७७ पुगेको छ । धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, विरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा २ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।भरतपुर अस्पतालमा भएको परीक्षणमा ३, धुलिखेल अस्पतालमा ९९ जनाको पोजेटिभ आएको छ । यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा १, पोखरामा भएको परीक्षण्मा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जना, भेरी अस्पतालमा भएको परी...
काठमाडौं र ललितपुरमा ५ जनासिहत थप ४५१ जनालाई काेराेना संक्रमण

काठमाडौं र ललितपुरमा ५ जनासिहत थप ४५१ जनालाई काेराेना संक्रमण

महानगर, समाचार
१ असार, काठमाडौं । काठमाडौं उपत्यकामा ५ जनासहित देशका विभिन्न जिल्लामा ४ सय ५१ जना संक्रमित थपिएका छन् ।काठमाडौंका २ जना पुरुष र २ जना महिला रहेका छन् भने ललितपुरका १ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरू कुन ठाउँका हुन् भनेर प्रष्ट भने पारेका छैनन् ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् । संक्रमितमध्ये पुरुष ४१६ र महिला ३५ जना रहेका छन् । प्रवक्ता गौतमका अनुसार संक्रमित रहेको जिल्ला ७३ पुगेको छ ।कोरोना भाइरसले गर्दा नेपालमा आजसम्म १९ जनाको मृत्यु भएको छ । त्यस्तै १ लाख ३३ हजार ८ सय ८३ जना क्वारेन्टिन, ५ हजार १ सय ५१ जना आइसोलेसनमा छन् भने ६ हजार २ सय ११ संक्रमित मध्ये १ हजार ४१ जना निको भएर घर फर्किसकेका छन् ।हाल कोभिड–१९ बाट बच्ने सवैभन्दा प्रभाव...
कामपा प्रमुख शाक्यबाट ‘जनताको चुल्हो’ निरिक्षण

कामपा प्रमुख शाक्यबाट ‘जनताको चुल्हो’ निरिक्षण

महानगर, समाचार
काठमाडाैं । बैशाख १९, शुक्रबार कामपा प्रमुख विद्यासुन्दर शाक्यबाट १५ वडाको आयोजनामा चःमतिको बृद्ध पार्कमा सञ्चालन भईरहेको ‘जनताको चुल्हो’ निरिक्षण भएको छ। निरिक्षणमा कामपा प्रवक्ता एवं १५ वडा अध्यक्ष ईश्वरमान डंगोलको उपस्थितिमा मेयर शाक्य र शहरी पुर्वाधार बिकास बिभागका प्रमुख राम थापाबाट खानाको गुणस्तर समेत जाँच गरेको थियो। ‘खानाको स्वाद र गुणस्तरमा कुनै कमि छैन।’ मेयर शाक्यले भने, ‘१५ वडाको जनताको चुल्हो कार्यक्रम निकै प्रभावकारी भएको पाएँ ।’ चमति नेवाः खलः र चःमति टोल सुधार समितिको समन्वयमा बैशाख १७ गतेदेखि जनताको चुल्हो मार्फत बन्दाबन्दी (लकडाउन)मा समस्या परेकाहरुलाई खाना खुवाउँने कार्य भईरहेको छ। हाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न देशभरीको बन्दाबन्दीको कारण विपन्न मजदुर परिवारहरुलाई दैनिक गुजारा गर्न गाह्रो भइरहेको छ । समस्यामा परेका नागरिकलाई खाना खुवाउने क...