बलिउड महानायक अमिताभ बच्चनसँगै अभिषेक बच्चनपनि काेराेणा संक्रमित

बलिउड महानायक अमिताभ बच्चनसँगै अभिषेक बच्चनपनि काेराेणा संक्रमित

मेट्रो संवाददाता

२८ असार २०७७ १:०८

२८ असार, काठमाडाैं ।

बलिउड अभिनेता अमिताभ बच्चनसँगै उनका छाेरा अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएको छ।

अमिताभ बच्चनकाे सामाजिक सञ्जालमा दिएकाे जानकारी लगत्तै उनका छाेरा बलिउड अभिनेता अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना पाेजेटिभ भएको जानकारी दिएका हुन्।

हाल उनीहरुलाई मुम्बइकाे नानावटी अस्पताल भर्ना गरिएको छ। बच्चन परिवारका अन्य सदस्य र उनीहरुका नजिकको मानिसहरुको कोरोना परीक्षण भइरहेको  छ।

अमिताभ बच्चनलाइ स्वासप्रस्वासमा अलि समस्या अाएकाेले शनिवार राती १० बजे अस्पताल लगेकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘मेरा बुवा र मलाई कोरोना संक्रमण भएको छ। हामी दुवैलाई कोरोनाका सामान्य लक्षणहरू देखा परेका छन्। हामीले सबै सम्बन्धित निकायलाई खबर गरिसक्यौं र हाम्रा परिवारका अन्य सदस्यहरूको पनि परीक्षण भइरहेको छ। म सबैलाई शान्त रहन र नआत्तिन आग्रह गर्छु। धन्यवाद।’

अमिताभ र अभिषेक बच्चन काेराेना संक्रमित भएलगत्तै बलिउड साथै बिभिन्न नेताहरूले उनीहरूकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गरेका छन् ।

भारतका केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धन, महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडवाणीलगायतले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्य लाभकाे कामनासहित प्रार्थना समेत गरेका छन् ।

यो पनि : बलिउड महानायक अमिताभ बच्चन कोरोना संक्रमित

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता