२६ बैशाख २०८१, बुधबार | Wednesday, 08 May, 2024

Tag: Corona

६० वर्षमाथिका भेरोसेल लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

६० वर्षमाथिका भेरोसेल लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

स्वास्थ्य/शिक्षा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (‘बुस्टर डोज’) दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो । समितिको सिफारिस र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिन थालिएको स्वास्थ्य सेवा विभागको परिवार कल्णाण महाशाखाका प्रमुख डा विवेककुमार लालले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्वास्थ्यमन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग यही मङ्सिर १७ गते गर्नुभएको छलफलमा एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘बुस्टर डोज’ उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । “भेरोसेल खोपको दुई ...
सरकारको लक्ष्यानुसार नै कोरोनाको खोप पुग्दै, नेपाल सार्कमा चौथो

सरकारको लक्ष्यानुसार नै कोरोनाको खोप पुग्दै, नेपाल सार्कमा चौथो

स्वास्थ्य/शिक्षा
कुन जिल्लामा कतिले खोप लगाए ? ११ असोज २०७८ काठमाडौं । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो । सोही अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइसकिएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले लक्ष्यअनुसार असोज मसान्तसम्म लक्षित वर्गलाई खोप लगाइसक्ने जानकारी दिनुभयो । “हामीले असोज मसान्तसम्म लक्षित वर्गको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने भनेका थियौँ”, उहाँले भन्नुभयो, “सोहीअनुसार हामीले दैनिक खोप अभियान सञ्चालन गरिरहेका छाँै । असोज मसान्तसम्म ३३ प्रतिशतलाई खोप पु¥याउँछौँ ।” प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ मा आफू नियुक्त भए लगत्तै...
९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप

९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप

विदेश, समाचार, स्वास्थ्य/शिक्षा
बेइजिङ । चीनमा बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जनसंख्याको करिब २१ प्रतिशतलाई खोप दिइएको छ । अर्थात् विश्वभर २ अर्ब ५० करोड डोज खोप लगाइएको छ, र हरेक दिन तीन करोड ३९ लाखले खोप लगाइरहेका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तिब्र बनाइएको जनाएको छ । मुख्य शहरी र गाउँहरुमा पनि खोप सुविधा विस्तार गरिएको आयोगको भनाई छ । तर न्यून आय भएका मुलुकहरुका ०.८ प्रतिशत जनसंख्याले मात्र कम्तिमा एक डोज खोप लगाएका छन् । तर जनसंख्याका आधारमा इजरायलमा कूल जनसंख्याको ५९ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने बेलायतमा ४५ प्रतिशत, चिलीमा ४८ प्रतिशत, उरुग्वेमा ३७ प्रतिशत, बहराइनमा ५१ प्रतिशत, हंगेरीमा ४५ प्रतिशत, संयुक्तराज्य अमेरिकामा ४४ प्रतिशतले पूर्ण खोप पाएका छन् । पछिल्लो विवरण अनुसार दोस्रो स...
पछिल्लो २४ घन्टामा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण, ३४ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण, ३४ संक्रमितको मृत्यु

Uncategorized
काठमाडाैं, असार ५ । पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ९६ पीसीआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै मुलुकभर ६ लाख ४५ हजार २ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये ५ लाख ५३ हजार ३४२ जना निको भएका छन् । शनिवारमात्रै ३ हजार ६ सय ६० जना संक्रमित निको भएका छन् ।  यस दिन ३४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६७५ पुगेको छ ।  ...
विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

समाचार, स्वास्थ्य/शिक्षा
काठमाडौं, असार ४ । विश्वका धेरै मुलुकहरुले कोरोना विरुद्धको खोप लगाउन नपाएको तथ्य बाहिर आइरहँदा विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स जनाएको छ । संयुक्त राज्य अमेरिका र बेलायत लगायतका देशहरूमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आएता पनि डेल्टा प्रजातिको कोरोना भाइरसका कारण विश्वका धेरै देशहरूमा मृत्यु हुनेको संख्या अत्यधिक बढेको रोयटर्सले उल्लेख गरेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघ्न एक वर्ष समय अवधि लागे पनि पछिल्लो छ महिनामा मात्र थप २० लाखले कोरोना संक्रमणबाट ज्यान गुमाएको रोयटर्सको तथ्यांकले देखाएको छ । ...
काठमाडाैंमा निषेधाज्ञा एक हप्ताकाे लागि थप

काठमाडाैंमा निषेधाज्ञा एक हप्ताकाे लागि थप

महानगर, समाचार, स्थानीय
काठमाडाैं, जेठ ३१ काठमाडाैंमा निषेधाज्ञा एक हप्ताकाे लागि थप गरिएकाे छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा अझ थप 'केही खुकुलो' बनाएर असार ७ गतेसम्म  निषेधाज्ञा घोषणा गरेका छन् । तर याे समयमा खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ। त्यस्तै निर्माण सामाग्री पसल दिनकाे ४ बजे देखि खाेल्निन पाइने भएकाे छ भने 'अनलाइन तथा टेक अवे' सेवा 'होम डेलिभरी' बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म गर्न पाइने भएको छ। गत हप्ता सर्वोच्च अदालतले अनलाइन माध्यमबाट सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको थियो। हप्तामा दुई दिन - आइतवार र बिहीवार - मात्रै सञ्चालन गर्नेगरी सहकारी संस्था तथा रेमिटहरू पनि खोल्न पाइने व्यवस्था गरिएको छ। त्यस्तै विकास निर्माणका कार्...
१८ हात्तीको कोरोना परीक्षण

१८ हात्तीको कोरोना परीक्षण

विदेश
भारतमा २८ ओटा हात्तीको कोरोनाभाइरसको परीक्षण गरिएको छ । जनावरहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरुको कोरोना परीक्षण गरिएको हो । दक्षिण भारतको तमिलनाडु प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् । परीक्षणका लागि निकालिएको उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ । परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि सोही रिसोर्टमा कोरोनाका कारण एउटा सिंह मरेको र अन्य केही सिंहहरु बिरामी भएका थिए । त्यसपछि प्रदेशका वनमन्त्री रामचन्द्रले रिसोर्टमा रहेका सबै हात्तीको कोरोना परीक्षण गर्न निर्देशन दिएका छन् । ...
उद्योगपति बिनोद चौधरीलाई कोरोना संक्रमण

उद्योगपति बिनोद चौधरीलाई कोरोना संक्रमण

समाचार
काठमाडाैं । उद्योगी बिनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले आफ्नो ट्वीटरमार्फत पिसिआर टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।चाैधरीले आफूलाई कोरोनाको कुनैपनि लक्षण भने नदेखिएको स्पष्ट पारेका छन् । उनले रिपोर्ट पोजेटिभ आएपछि हाल आफू आइशोलेसनमा भएको बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन पनि आग्रह गरेका छन् । चौधरीले आफूलाई संक्रमणको लक्षण नदेखिएको बताएका छन् ।‘प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ । भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन’, उनले भने, ‘यद्यपि, मैले चिकित्सकहरुको सल्लाहअनुसार आफूलाई आइसोलेट गरेको छु । मसँग सम्पर्कमा आउनुभएका जोकहोही पनि सम्भावित जोखिमबाट जोगिनुहोला ।’ https://twitter.com/BinodKChaudhary/status/1299243535380762636 ...
पछिल्लाे २४ घन्टामा कोरोनाबाट थप सात जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुग्यो

पछिल्लाे २४ घन्टामा कोरोनाबाट थप सात जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुग्यो

समाचार, स्वास्थ्य/शिक्षा
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाकाे मृत्यु भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।१ महिला र ६ पुरुषसहित ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौंका ३ जना, पर्सा, सिरहा धनुषा र रूपन्देहीका एक/एक जना गरी सात जनाकाे मृत्यु भएकाे जनाइएकाे छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको प्रवक्ता गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा एक महिला र ६ पुरुष रहेका छन् । मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला र ७४ वर्षीय, ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय, पर्साका ६८ वर्षीय, धनुषाका ७६ वर्षीय र रूपन्देहीका ५३ वर्षीय...
हङकङमा एकै व्यक्तिमा दोस्रो पटक कोरोना संक्रमण

हङकङमा एकै व्यक्तिमा दोस्रो पटक कोरोना संक्रमण

विदेश, समाचार, स्वास्थ्य/शिक्षा
एजेन्सी । हङकङका एक व्यक्ति दास्रोपटक कोरोना भाइरसबाट संक्रमित भएको छ । यस घटनालाई वैज्ञानिकहरुले संसारको पहिलो घटना भएको दावी गरेका छन् ।४ महिनाअगाडि पहिलोपटक कोरोनाबाट संक्रमित भएका ३० वर्षीय उक्त व्यक्तिमा दोस्रोपटक कोरोना भएको एकदमै दुर्लभ घटना हो ।हङकङ विश्वविद्यालयको रिपोर्टअनुसार उक्त व्यक्ति १४ दिन अस्पतालमा उपचार गरेपश्चात कोरोना संक्रमण निको भएका थिए । संक्रमण निको भएपश्चात घर फर्केका थिए । एयरपोर्टमा स्वास्थ्य जाँचकोक्रममा उनीमा पुनः कोरोना संक्रमणको पुष्टि भएको हो ।“पहिलो पटक कोरोना संक्रमणबाट निको भएको साढे चार महीनापछि एक स्वस्थ्य युवालाई दोस्रो पटक संक्रमण पुष्टि भएको छ ”, हङकङ विश्वविद्यालयका एक अनुसन्धानकर्ताले भनेका छन् ।उही व्यक्तिमा कोरोनाभाइरसको पुनःसंक्रमण भेटिएसँगै केही व्यक्तिहरुमा यो भाइरसविरुद्धको प्रतिरोधात्मक शक्ति केही महीनासम्म मात्रै रहने निष्कर्षमा अनुसन्धा...