कुवेतमा आममाफी पाएका कामदार नेपाल आइपुगे

कुवेतमा आममाफी पाएका कामदार नेपाल आइपुगे

मेट्रो संवाददाता

३० जेठ २०७७ २१:२५


२९ जेठ, काठमाडौं । कुवेतबाट बिहीबार २ सय ९९ नेपाली कामदारहरु नेपाल फर्केका छन्।

आज यसरी काठमाडौं पुगेकाहरु सबै आम माफी पाएका नेपाली कामदारहरु हुन् भने कुवेत सरकार नै बिमानको व्यवस्था गरेर पठाएको हो ।

कुवेत सरकारले माफी नदिएको भए उनीहरु घर फर्किन समेत पाउँदैनथे। यहाँ आइसकेपछि पनि उनीहरुलाई सजिलो छैन।

उनीहरू जजीरा एयरलाइन्सको दुईवटा विमानबाट काठमाडौं पुर्‍याइएका हुन् । काठमाडौं पुग्नेहरुमध्ये २९७ जना महिला र २ पुरुष रहेका छन् ।

अरुको भन्दा फरक छ, आममाफी पाएर फर्किनेहरुको हैसियत। नेपालमा उनीहरुले क्षतिपूर्तिका लागि दाबी गर्ने पाउँदैनन्। कल्याणकारी कोषमा १५ सय रुपैयाँ जम्मा नगर्दा राज्यले कुनै सहयोग गर्दैन।

पहिलो विमान बिहान साढे ११ बजे आइपुगेको थियो भने दिउँसो २ बजे दोस्रो विमान आइपुगेको थियो ।

उनीहरु कसैको पनि कागजात आफूसँग थिएन। कुवेतमा बस्ने अनुमति पनि थिएन। पासपोर्ट हुनेहरुसँग पनि श्रम स्वीकृति थिएन, नत उनीहरुसँग भिसाको म्याद नै थियो।

सरकारले घरेलु कामदारका रुपमा विदेश जान प्रतिबन्ध लगाएको छ। आफ्नो देशबाट जान नपाउने भएपछि उनीहरुमध्ये धेरैजसो भारतको बाटो भएर त्यहाँ पुगे। कतिपय अन्य भिसाबाट घरेलु काममा गए। उनीहरुको अभिलेख न नेपालमा रह्यो, न त गन्तव्य देशमा नै।

घर बिदामा आएर फेरि काममा फर्किन नपाउने भएपछि भिसाको म्याद सकिँदा पनि उनीहरु उतै बसे। जसका कारण कागजातविहीन महिलाको संख्या दिनदिनै थपिँदै गयो। तर, सरकारले वैधानिक रुपमा जान पाउने बाटो खुल्ला गरेन।

आफ्नै देशबाट रोजगारीमा जान पनि नदिएको र समस्यामा परेको बेला घर फर्किन पनि नदिएको गुनासो उनीहरुको छ। कुवेतमा अवैधरुपमा बसिरहेका र आपराधिक क्रियाकलापमा परेकालाई कुवेत सरकारले माफी दिएको थियो।

त्रिभुवन विमानस्थलबाट उनीहरुलाई प्रदेशअनुसार होल्डिङ सेन्टरमा लगिएको छ। त्यहाँबाट उनिहरुले प्रदेश वा स्थानीय निकायका क्वारेन्टाइन वा होटल क्वारेन्टाइनमा पठाइने छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता