मेट्रो संवाददाता
३२ जेठ २०७७ १९:२४
३२ जेठ, काठमाडाैं । काठमाडौं उपत्यका प्रवेश गर्न आफू आउन लागेको स्थानको वडा कार्यालयबाट अनिवार्य स्वीकृति लिनु पर्नेछ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट आइतवार जारी गरेको सूचना अनुसार अबदेखि उपत्यका प्रवेश गर्न स्थानीय तहको स्वीकृति अनिवार्य रुपमा चाहिने कुरा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासनका अधिकृत मान बहादुर बुढाका अनुसार उपत्यकामा प्रवेश गर्न काठमाडौं जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ, सोहि नगरपालिकाले प्रवेशको लागि दिएको अनुमति पत्र सहित यात्रा सुरू गर्ने जिल्लामा निवेदन दिनुपर्ने छ । अन्तिम निर्णय भने काठमाडाैं जिल्ला प्रशासन कार्यालयकाे हुनेछ ।
त्यस्तै व्यक्तिगत अत्यावश्यक कार्यको लागि उपत्यका बाहिर जाने लागेको भए प्रयोजन खुल्ने कागजात सहित जिल्ला प्रशासन कार्यलयमा निवेदन दिनु पर्नेछ । सरकारी वा संस्थागत कामको लागि भए सम्बन्धित संस्थाको सिफारिश पत्र सहित जिल्ला प्रशासन कार्यलयमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
काठमाडौंमा भने सवारी पास नचाहिने प्रशासनले जनाएको छ। ‘जिल्लाभित्र जोररबिजोर प्रणाली लागू भइसकेकोले काठमाडौं जिल्लाभित्रको लागि सवारी पास हाललाई बन्द गरिएको छ,’ प्रशासकीय अधिकृत बुढाले भनेका छन्।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


