बागमति प्रदेशको बजेट ५१ अर्ब ४२ करोड ७४ लाख

बागमति प्रदेशको बजेट ५१ अर्ब ४२ करोड ७४ लाख

मेट्रो संवाददाता

१ असार २०७७ १८:५७

बागमती प्रदेश सरकारले युवालाई रोजगारी प्रदान गर्न प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा १५ लाखका दरले बजेट विनियोजन गरेको छ

१ असार, काठमाडौं । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आगामी आर्थिक वर्ष २०७७र७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ।

प्रदेश सरकारले चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ अर्थात कुल बजेटको ५१ दशमलव १२ प्रतिशत बजेट बिनियोजन गरेको छ।

पूँजिगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात कुल बजेटको ४८ दशमलव ८८ प्रतिशत बिनियोजन गरिएको छ।

उक्त खर्च ब्यहोर्न २० अर्ब ८३ करोड ७९ लाख हजार रुपैयाँ कर राजस्व उठ्ने आर्थिक मामिला तथा योजना मन्त्री ढुङ्गेलले प्रस्तुत गरेको नयाँ आर्थिक वर्षको बजेमा उल्लेख छ। त्यस्तै अन्तर सरकारी अनुदानतर्फ १७ अर्ब ८६ क ९८ लाख, अन्य राजस्व ५ अर्ब १२ करोड ९७ लाख र राजस्व बचत ७ अर्ब ५० करोड रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ।

बागमती प्रदेश सरकारले युवालाई रोजगारी प्रदान गर्न प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा १५ लाखका दरले बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेश सरकारले कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि १९ करोड ४४ लाख बजेट विनियोजन गरेको छ।

बाबुआमा दुबै नभएका बालबालिकाहरुलाई बागमती प्रदेश सरकारले मासिक २ हजार रुपैयाँ भत्ता दिने भएको छ।

प्रदेशभित्रका दुग्ध किसानको लागि प्रतिलिटर २ रुपैयाँ अनुदान दिने बजेटमा उल्लेख छ।

प्रदेशका १३ वटै जिल्लामा स्थानीय तहमार्फत तरकारी उत्पादन बढाउँदै आत्मनिर्भर बन्न आवश्यक बजेटको विनियोजन गरिएको मन्त्रीले बताए । उनका अनुसार कृषि उत्पादन, भण्डारण र बजारीकरण गर्नको लागि आवश्यक बजेटको विनियोजन गरिएको छ ।

बागमती प्रदेशको गौरव योजना भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माण ४ वर्षमा सम्पन्न गर्ने गरी आवश्यक बजेटको व्यवस्था मिलाइएको जनाइएको छ ।

दक्षिण एसियाकै पहिलो चरियामाई सुरुङमार्गको स्तरोन्नतीको लागि बजेट छुट्याइएको बजेटमा उल्लेख छ ।

प्रदेशका १३ वटै जिल्लाहरूका पुराना तथा मौलिक घरहरुको संरक्षण गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता