विद्युत प्राधिकरणद्वारा नयाँ महशुल दर निर्धारण

विद्युत प्राधिकरणद्वारा नयाँ महशुल दर निर्धारण

मेट्रो संवाददाता

३ असार २०७७ २१:३३

३ असार, काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महसुलको नयाँ दर निर्धारण गरेको छ ।

यहीं असार १ गतेदेखि लागू हुने गरी नयाँ महशुल दररेट निर्धारण गरेको आज आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष डिल्ली बहादुर सिंहले जानकारी दिए ।

निर्धारण गरिएको दर अनुसार घरायसी उपभोक्ताले महिनामा १० किलोवाटसम्म बिजुली खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ, यही फेजमा १५ एम्पियरमा न्यूनतम शुल्क ५० रुपैयाँ र प्रतिकिलोवाट घण्टाको शुल्क ४ रुपैयाँ लाग्ने छ ।

सिंगल फेजबाट बिजुली लिनेहरुले ४ सय किलोवाट घण्टा भन्दा बढी खपत गर्दा अधिकतम महिनामा २७५ रुपैयाँ शुल्क र प्रतिकिलोवाट घण्टा १२ रुपैयाँ तिर्नुपर्ने आयोगले जनाएको छ ।

बिजुलीको उपभोग शुल्क निर्धारण गर्दा शुरुमा १ देखि १० युनिटसम्म, त्यसपछि प्रत्येक क्यापअनुसारको युनिटमा मूल्य निर्धारण गर्दै जोड्दै जानुपर्ने छ । चार सय युनिटभन्दा धेरै खपत गर्ने ग्राहकका लागि भने न्यूनतम शुल्क १७५ रुपैयाँ शुरुमा तोकिएको छ ।

नयाँ दर अनुसार १—२० युनिटसम्म प्रति युनिट ३ रुपैयाँ, २१—३० सम्म प्रति युनिट ६.५० रुपैयाँ, ३१—५० युनिटसम्म प्रति युनिट ८ रुपैयाँ, ५१—१५० युनिटसम्म प्रति युनिट ९.५० रुपैयाँ, १५१—२५० युनिटसम्म प्रति युनिट १० रुपैयाँ र २५१—४०० युनिटस्सम्म प्रति युनिट ११ रुपैयाँ रहेको छ ।

यस्तै आयोगले औद्योगिक क्षेत्रका लागि डेटिकेटेड र ट्रंक लाइनका लागि फरक फरक शुल्क खारेज गरेको छ । लोडसेडिङ हुँदा उद्योगलाई अतिरिक्त शुल्क लिएर बिजुली दिंदै आइएको भन्दै उद्योगीहरुले गुनासो गर्दै आएका थिए ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता