दमाइचाघाटमा १ लाख लिटरकाे ट्याङ्की

दमाइचाघाटमा १ लाख लिटरकाे ट्याङ्की

मेट्रो संवाददाता

७ असार २०७७ ९:४१

७ असार, काठमाडाैं ।

काठमाडाैं महानगरपालिका वडा नं. १९ दमाइचाघाट, कंकेश्वरीमा पानी फिल्टर गर्ने प्लान्टसहित १ लाख लिटरकाे पानी ट्याङ्की बनाउने भएकाे छ ।

फिल्टर प्लान्टसँगै १ लाख लिटरकाे ट्याङ्कीसमेत बनाउन प्रदेश सांसद राजेश शाक्यकाे सांसद विकास कोषबाट ३५, ८०,६८९/२१ रूपियाँ र जनसहभागिताबाट ३९७८५४/३६ रूपियाँ गरी जम्मा ३९७८५४३/५७ रूपियाँ बिनियाेजन भएकाे छ ।

दमाइचाघाट खानेपानी उपभोक्ता समितिका सचिव सुरज मालाकारले आयोजनाया बारे शनिबार चिबहाःखेलमा अायाेजना भएकाे कार्यक्रममा जानकारि दिए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका मृगेन्द्रमान श्रेष्ठले बोरिङकाे पानी धमिलाे, हिलाे र अाइरनकाे मात्रा अत्याधिक भएकाे कारण फिल्टर प्लान्ट बनाएर खानेपानी वितरण गर्ने योजना सांसद कोषबाट कार्यान्वयन हुन लागेकाेमा खुशी व्यक्त गरे ।

सांसद राजेश शाक्य, १९ वडाया वडाका अध्यक्ष शशिलाल श्रेष्ठ, उपभोक्ता समितिका अध्यक्ष मिलन शाही, सदस्य शंकर महर्जन, डिजाइनर राजेश महर्जनहरूले आयोजनाकाे विभिन्न पक्षलाइ लिएर मन्तब्य राखेका थिए ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता