कति कमाउनेले कति कर तिर्नुपर्छ? (आम्दानी अनुसार करको सूचिसहित)

कति कमाउनेले कति कर तिर्नुपर्छ? (आम्दानी अनुसार करको सूचिसहित)

मेट्रो संवाददाता

१० असार २०७७ ९:२३

८ असार, काठमाडाैं ।

कुनै पनि नेपालीले व्यवसाय गरेर वा रोजगारी गरेर आयआर्जन गर्छन् भने त्यसको केही भाग करको रूपमा सरकारलाई बुझाउनुपर्ने हुन्छ। कमाइमा तिरिने भनेको कर सरकारले तोकेको दर अनुसारले तिर्नुपर्छ। यो दर हरेक आर्थिक वर्षमा  पुनरावलोकन गरिन्छ र नयाँ दर तोक्नुपर्ने भए त्यसै अनुसार तोकिन्छ। आर्थिक विधेयक २०७६ले यो आर्थिक वर्ष २०७६।७७ को लागि आयकरको नयाँ दर तोकेको छ। यो लेख हामी त्यसैमा आधारित भएर तयार पर्दै छौँ।

कसले कर तिर्नुपर्छ ?

आयकर नेपाल भित्र वा बाहिर रोजगारी वा व्यवसायबाट आम्दानी हुने सबै व्यक्तिले तिर्नुपर्छ।

कसरी तिर्ने?

  • सरकारले साउनदेखि कुनै पनि कम्पनी तथा फार्म तथा निकायले स्थायी लेखा नम्बर(प्यान) बिना तलब दिन नपाउने व्यवस्था गरेको छ। 
  • यसका लागी कर लाग्ने आय हुने सबैले व्यक्तिगत स्थायी लेखा नम्बर (PAN) लिनुपर्छ र प्यानमा दर्ता हुनुपर्छ।
  • दर्ता गर्नलाई आफूलाई पायक पर्ने आन्तरिक राजस्व विभाग भएको स्थानमा जानुपर्छ। 
    • जस्तै आफू बसोबास गर्ने, कारोबार गर्ने वा व्यवसाय भएको स्थान नजिकैको आन्तरिक राजस्व कार्यालयबाट PAN लिन सक्छन्।

कति तिर्नुपर्छ?

अविवाहितको हकमा

  • ४ लाख रुपैयाँसम्म कमाई भएमा – १ प्रतिशत
  • ४ लाखदेखि ५ लाख रुपैयाँसम्म – १० प्रतिशत
  • ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म – २० प्रतिशत
  • ७ लाखदेखि २० लाख रुपैयाँसम्म – ३० प्रतिशत
  • २० लाखभन्दा बढी – ३६ प्रतिशत

उदाहरणको लागि जस्तै २५ लाख आम्दानी हुनेले निम्न तरिकाले कर तिर्नुपर्छ

  • ४ लाख रुपैयाँसम्म – १ प्रतिशतको दरले ४ हजार
  • ४ लाखदेखि ५ लाख रुपैयाँसम्म – १० प्रतिशतको दरले १० हजार
  • ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म – २० प्रतिशतको दरले ४० हजार
  • ७ लाखदेखि २० लाख रुपैयाँसम्म – ३० प्रतिशतको दरले ३ लाख ९० हजार
  • २० लाखभन्दा बढी – ३६ प्रतिशतको दरले १ लाख ८० हजार

जम्मा गरेर ६ लाख २४ हजार रुपैयाँ कर तिर्नुपर्छ।

विवाहितको हकमा

  • ४ लाख ५० हजार रुपैयाँसम्म – १ प्रतिशत
  • ४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्म – १० प्रतिशत
  • ५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्म – २० प्रतिशत
  • ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्म – ३० प्रतिशत

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता