कति कमाउनेले कति कर तिर्नुपर्छ? (आम्दानी अनुसार करको सूचिसहित)

कति कमाउनेले कति कर तिर्नुपर्छ? (आम्दानी अनुसार करको सूचिसहित)

मेट्रो संवाददाता

१० असार २०७७ ९:२३

८ असार, काठमाडाैं ।

कुनै पनि नेपालीले व्यवसाय गरेर वा रोजगारी गरेर आयआर्जन गर्छन् भने त्यसको केही भाग करको रूपमा सरकारलाई बुझाउनुपर्ने हुन्छ। कमाइमा तिरिने भनेको कर सरकारले तोकेको दर अनुसारले तिर्नुपर्छ। यो दर हरेक आर्थिक वर्षमा  पुनरावलोकन गरिन्छ र नयाँ दर तोक्नुपर्ने भए त्यसै अनुसार तोकिन्छ। आर्थिक विधेयक २०७६ले यो आर्थिक वर्ष २०७६।७७ को लागि आयकरको नयाँ दर तोकेको छ। यो लेख हामी त्यसैमा आधारित भएर तयार पर्दै छौँ।

कसले कर तिर्नुपर्छ ?

आयकर नेपाल भित्र वा बाहिर रोजगारी वा व्यवसायबाट आम्दानी हुने सबै व्यक्तिले तिर्नुपर्छ।

कसरी तिर्ने?

  • सरकारले साउनदेखि कुनै पनि कम्पनी तथा फार्म तथा निकायले स्थायी लेखा नम्बर(प्यान) बिना तलब दिन नपाउने व्यवस्था गरेको छ। 
  • यसका लागी कर लाग्ने आय हुने सबैले व्यक्तिगत स्थायी लेखा नम्बर (PAN) लिनुपर्छ र प्यानमा दर्ता हुनुपर्छ।
  • दर्ता गर्नलाई आफूलाई पायक पर्ने आन्तरिक राजस्व विभाग भएको स्थानमा जानुपर्छ। 
    • जस्तै आफू बसोबास गर्ने, कारोबार गर्ने वा व्यवसाय भएको स्थान नजिकैको आन्तरिक राजस्व कार्यालयबाट PAN लिन सक्छन्।

कति तिर्नुपर्छ?

अविवाहितको हकमा

  • ४ लाख रुपैयाँसम्म कमाई भएमा – १ प्रतिशत
  • ४ लाखदेखि ५ लाख रुपैयाँसम्म – १० प्रतिशत
  • ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म – २० प्रतिशत
  • ७ लाखदेखि २० लाख रुपैयाँसम्म – ३० प्रतिशत
  • २० लाखभन्दा बढी – ३६ प्रतिशत

उदाहरणको लागि जस्तै २५ लाख आम्दानी हुनेले निम्न तरिकाले कर तिर्नुपर्छ

  • ४ लाख रुपैयाँसम्म – १ प्रतिशतको दरले ४ हजार
  • ४ लाखदेखि ५ लाख रुपैयाँसम्म – १० प्रतिशतको दरले १० हजार
  • ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म – २० प्रतिशतको दरले ४० हजार
  • ७ लाखदेखि २० लाख रुपैयाँसम्म – ३० प्रतिशतको दरले ३ लाख ९० हजार
  • २० लाखभन्दा बढी – ३६ प्रतिशतको दरले १ लाख ८० हजार

जम्मा गरेर ६ लाख २४ हजार रुपैयाँ कर तिर्नुपर्छ।

विवाहितको हकमा

  • ४ लाख ५० हजार रुपैयाँसम्म – १ प्रतिशत
  • ४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्म – १० प्रतिशत
  • ५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्म – २० प्रतिशत
  • ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्म – ३० प्रतिशत

पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव, पर्यटक आकर्षणको नयाँ आयाम

काठमाडाैं : पोखराको पामे क्षेत्रमा यो वर्षको पुस ९ गतेदेखि ९ दिने बीवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु हुने भएको...

३ पुष २०८१ ९:०६ |मेट्रो संवाददाता

काठमाडौं महानगरपालिकाको प्राथमिकता विवाद: आधारभूत आवश्यकता उपेक्षा गर्दै अनावश्यक निर्माणकार्य ?

  काठमाडौं महानगरपालिका नेपालको प्रशासनिक र सांस्कृतिक केन्द्र हो, जहाँ विकासका थुप्रै योजना सञ्चालनमा छन्। तर, ठूला प्रचारमुखी परियोजनामा...

७ मंसिर २०८१ ८:३६ |मेट्रो संवाददाता

अमेरिकामा नेपाली समुदायद्वारा भव्य रूपमा छठ पर्व सम्पन्न

वाशिङ्टन डिसी (अमेरिका) :नेपालका तराई क्षेत्रमा विशेष महत्वसाथ मनाइने छठ पर्व अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायद्वारा उल्लासपूर्वक मनाइएको छ।...

२३ कार्तिक २०८१ १६:४६ |मेट्रो संवाददाता