मेट्रो संवाददाता
१६ असार २०७७ १६:४३
राजेन्द्र रञ्जित/नेवाः सूचना केन्द्र
१६ असार, काठमाडाैं
स्थानीय विषय नेपालभाषाकाे पाठ्यक्रम ‘येँ देय् म्हसिका’काे बारेमा अन्तर्क्रिया सम्पन्न भएकाे छ । काठमाडाैं महानगरपालिका शिक्षा विभागकाे अायाेजनामा आइतबार काठमाडाैंकाे सभागृहमा शिक्षाविद्हरूकाे माझ उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
एक कक्षादेखि अाठ कक्षासम्मकाे स्थानीय विषय नेपालभाषा पाठ्यक्रमकाे कार्यपत्र नेपाल आदर्श माविया पूर्व प्रधानाध्यापक बरुण प्रसाद बैद्यले प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा नपुगेका विषयवस्तुलाइ लिएर लुम्बिनी विश्व विद्यालयका पूर्व कुलपति डा. त्रिरत्न मानन्धर, नेपालभाषा केन्द्रीय विभागया उप प्राध्यापक राजन लाल जोशीले प्रश्न राखेका थिए । प्रश्नका उत्तर डा. चुन्दा बज्राचार्यले दिएका थिए ।
बिद्यार्थिहरूलाइ सहज हुने गरी स्कूलैपिच्छे फरक फरक नहाेस् भन्ने हिसावले व्याकरण र शब्दकोशमा एकरुपता ल्याउनु पर्नेमा डा. मानन्धरले जाेड दिए ।
त्यस्तै कार्यपत्रमा योजना पक्ष र कार्यान्वयन पक्ष गरी दुइ भाग छन् । तर नखः चखः भन्ने नसाः त्वसाःकाे लागि मात्र हाेइन त्यसमा बैज्ञानिक अाधार छ । त्यसैले पाठ्यक्रममा पनि बैज्ञानिकताकाे आधारमा तयार गर्न प्रयास भएकाे कुरालाइ सकारात्मक रुपमा लिनुपर्ने कुरा उप–प्राध्यापक जोशीले बताए ।
प्रा.डा. चुन्दा बज्राचार्यकाे संयोजकत्वमा बरुण प्रसाद बैद्य, मदन रत्न मानन्धर, नरेश वीर शाक्य, मोतीराज खनालहरू स्थानीय विषय नेपालभाषा पाठ्यक्रम निर्माण समितिकाे सदस्य भएर कार्यक्रम सफल भएकाे अायाेजकले जानकारी दिए ।

RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


