मेट्रो संवाददाता
२२ असार २०७७ १:१८
२१ असार, काठमाडाैं ।
मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याउने सुरुङ परीक्षणका लागि आजबाट पानी भर्ने काम सुरु गरेको छ ।
खानेपानी मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर सुरुङमा पानी भर्ने काम सुरुभएसँगै आयोजना नयाँ चरणमा प्रवेश गरेको जनाएको छ ।
खानेपानीमन्त्री विना मगरले लामो समयदेखिको अन्यौल अन्त्य गर्दै परीक्षणका सबै तयारी पूरा गरेर आजबाट सुरुङमा पानी भर्ने काम अहिलेसम्म कै महत्वपूर्ण उपलब्धि भएको बताए ।
मन्त्री मगरले सुरुङमा पानी पठाएपछि परीक्षणका निश्चित प्रावधिक मापदण्ड पूरा गरेर चाँडै नै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिने जानकारी दिए ।
खानेपानी मन्त्रालयका सचिव माधव बेलबासेले २६ किलोमिटर लामो सुरुङमार्गको निर्माण पूरा गरी अस्थायी डाइभर्सनमार्फत सुरुङमा पानी पठाइएको र केही निश्चित प्रक्रिया पूरा हुनासाथ काठमाडौ उपत्यकामा पानी वितरण गर्नका लागि सुन्दरीजलसम्म पानी ल्याउने जानकारी दिए ।
आयोजनाले सुरुङमा पानी भर्न १५ देखि २० दिन लाग्ने अनुमान गरेको छ । भरिएको सुरुङलाई १० दिनसम्म यथास्थितिमा राखिर थप १० देखि १५ दिन लगाएर खाली गरेपनि थप ७ दिन पूर्ण परीक्षणपछि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न सकिने आयोजनाले जनाएको छ ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


