मेट्रो संवाददाता
१ साउन २०७७ १:२३
३१ असार, काठमाडाैं ।
काठमाडौं महानगरपालिका अन्तर्गतका सरकारी र निजी विद्यालयमा नेपालभाषाबाट स्थानीय विषय पढाइने निर्णयको चौतर्फी स्वागत गरिएको छ ।
कामपाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई स्थानीय विषय नेपालभाषाको माध्यमबाट पढाउने निर्णयले बनेपाका नेवाः खलः समूहले बनेपा नगरपालिकामा नेपालभाषाको माध्यमबाट स्थानीय विषय पढाउनु पर्ने माग राखेका छन् ।
बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादे समक्ष मंगलबार स्थानीय नेवाः गुथि समाज र अरु खलः समूहका प्रतिनिधिहरुले बनेपामा पनि नेपालभाषा पढाउन माग राखेका छन् ।
स्थानीयको मागलाई गहनरुपमा लिएको बताउँदै मेयर वादेले यसबारे आफुले थप जानकारी संकलन गरी कामपाले तयार पारेको स्थानीय विषयका पाठ्यक्रमबारे छलफल अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
ज्यापु समाज ललितपुरबाट स्थानीय विषय नेपालभाषाको माध्यमबाट पढाउने बारे ललितपुर महानगरपालिकासँग छलफल अघि बढाउने जानकारी प्राप्त भएको छ ।
त्यस्तै मध्यपुर थिमि नगरपालिका र कीर्तिपुर नगरपालिकामा पनि नेपालभाषाको माध्यमबाट स्थानीय विषय पढाउने बारे आन्तरिक छलफल भइरहको जानकारी प्राप्त भएको छ ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


