सातदिने अन्तर्राष्ट्रिय नेपालभाषा साहित्य सम्मेलन सम्पन्न

सातदिने अन्तर्राष्ट्रिय नेपालभाषा साहित्य सम्मेलन सम्पन्न

मेट्रो संवाददाता

१२ भदौ २०७७ ६:२१

काठमाडाैं । हलिं नेवाः गुथिकाे अायाेजनामा गएकाे भदौ १ गतेदेखि ७ गतेसम्म अन्तर्राष्ट्रिय नेपालभाषा साहित्य सम्मेलन भएकाे छ । समयलाईयात सुहाउँदाे नयाँ प्रविधिकाे प्रयाेगबाट उक्त कार्यक्रम जुम अनलाइनमार्फत भएकाे थियाे । उक्त सम्मेलनमा नेपाल साहित्यकाे इतिहासमा नयाँ ढंगकाे कीर्तिमान कार्यकाे साथै जनकवि दुर्गालाल श्रेष्ठलाई नोवेल साहित्य पुरस्कारकाे लागि पहलकदमि गर्ने घोषणासमेत गरेकाे छ ।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीकाे मुख्य अातिथ्यमा भदौ १ गते उद्घाटन समारोह भई हरेक दिन साहित्य सम्मेलन भएकाे हाे । अन्तिम दिन भदौ ७ गते समापन समारोहमा जनकवि दुर्गालाल श्रेष्ठलाई नोबेल साहित्य सिरपाः दिइनु पर्ने कुरा अघिसार्दै उनले साहित्य क्षेत्रमा गरेका योगदानकाे चर्चा समेत गरेका थिए ।

नेपालका कुनै पनि ब्यक्तिलाई अहिलेसम्म नोबेल पुरस्कार नपरेकाे अवस्थामा नेपालभाषाका साहित्यकार दुर्गालाल श्रेष्ठ उक्त पुरस्कार ग्रहणयाेग्य ब्यक्तित्व हाे भन्दै उनले लेखेका साहित्यलाई अनुवाद गरी अंग्रेजी भासामा, कोरीयन भासामा समेत सुनाएका थिए ।

जनकवि दुर्गालाल श्रेष्ठलाई युग कविकाे रुपमा चित्रण गर्दै उनले साहित्य क्षेत्रमा गरेका योगदानलाई लिएर विभिन्यान ब्यक्तित्वहरूले बिचार राख्ने देखि गीत पनि सुनाएका थिए ।

साहित्य सम्मेलनकाे क्रममा नेपालभाषा साहित्य सम्मेलनलाई अन्तर्राष्ट्रिय करण भाषाकाे हिसाबले गर्ने उद्देश्य लिएका थिए । नेपालभाषाका साहित्यलाई अनुवाद गरि खस, अंग्रेजी, डच, जापानी, रुसी, स्पेनीस र पोर्चुगिज भासामा समेत सुनाउने काम भएकाे छ । अन्तर्राष्ट्रिय नेपालभाषा साहित्य सम्मेलनया कजि श्रीकृष्ण महर्जनले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय भासाबाट नेपालभाषाका साहित्यलाई अनुवाद गरी वाचन गर्ने हिसाबले मात्र हाेइन अहिलेसम्ममा सबैभन्दा धेरै साहित्यकारहरू १२५ जना भन्दा बढीले भाग लिएका थिए । कार्यक्रममा १३ देसबाट भाग लिएका थिए ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता