कफ्यूको समयावधी सकिन नपाउँदै अर्को आदेश

कफ्यूको समयावधी सकिन नपाउँदै अर्को आदेश

मेट्रो संवाददाता

१९ भदौ २०७७ २३:०७

छ दिनसम्म पाँचजनाभन्दा बढी भेला हुन नपाइने

काठमाडाैं । बुंगदेवको जात्रा गर्न नसक्ने अवस्थामा सिर्जना भएपछि आज क्षमापूजा गरेको छ । शुक्रबार कफ्र्यूको बीच क्षमापूजा सम्पन्न भएको हो ।

विभिन्न जातीय समूहको संयुक्त बैठकबाट जारी भएको निर्णयअनुसार बुंगदेवको जात्रा स्थागित गरिएको हो । निर्णयअनुसार कोभिड संक्रमणलाई ध्यानमा राखेर हाल रथ भएको स्थानमा छोटकरीमा सबै विधि प्रक्रिया पूरा गरी जात्रा सम्पन्न गरिने छ ।

बैठकबाट जारी भएको निर्णयअनुसार आज क्षमापूजा सम्पन्न भइसकेको छ । निर्णयअनुसार आइतबार २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तानेर छ्वयलाभू गरिन्छ । त्यस्तै २२ गते भुज्याः मनाउने र साइत हेराएर बुंगदेवलाई बुंगमति लैजानेछ ।

बिहीबार बुंगदेवको रथ तान्नुपर्छ भनी स्थानीय जनताले रथ तान्न थालेपछि प्रहरीले हस्तक्षेप गरी रथलाई आफ्नो नियन्त्रणमा लिएको थियो । स्थानीय र प्रहरीबीचको झडपपश्चात सयौं मानिसहरू निस्केपछि शुक्रबार प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।

बिहिबार रातिदेखि जारी गरेको कफ्र्यूको समयावधी सकिन नपाउँदै ललितपुरमा महानगरपालिकाभित्र ६ दिनसम्म ५ जनाभन्दा बढी भेला हुन नपाउने भनी अर्को सुचना जिल्ला प्रशासन कार्यालयले निकालेको छ ।

रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा ललितपुर महानगरपालिका कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडिको चोक ९अल्का मोड० र उत्तरमा बखुण्डोल चोकमा भेला(जम्मा हुन पाइने छैन।

यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र पूर्वमा मंगलबजार चोक, पश्चिममा मदन स्मारक स्कुलअगाडिको चोक, दक्षिणमा पूर्णचन्डी मन्दिर र उत्तरमा पिपवहालसम्म भेला जम्मा हुन पाइने छैन।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता