अन्तिम पर्व सिथि नखः

अन्तिम पर्व सिथि नखः

मेट्रो संवाददाता

२७ जेठ २०७८ १४:१९

ज्येष्ठ शुक्ल पक्षको षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्व नेवार समुदायको महत्वपूर्ण र नेवारी संस्कृतिअनुसार वर्षको अन्तिम पर्व पनि मानिन्छ।

नेवार समुदायले पानीका परम्परागत स्रोतको सरसफाई गरी सिथि नखः पर्व मनाइन्छ ।

भगवान् कुमारको जन्म दिन समेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ।

सिथी नखःको दिनले नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । नेवारी परम्परामा वर्षको अन्तिम चाडका रुपमा मनाइने यस पर्वसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) शुरु हुने पर्वका रुपमा समेत यसलाई लिने गर्दछ ।

काठमाडौंमा बसोबास गर्ने नेवारहरू मध्ये देवाली पुजा र कुल(पुजा)को निश्चित तिथि नभएकाहरूले यसै दिन कुल देवताको पुजा गरी देवाली मनाउने गर्दछन् ।

सिथि नखः पर्वका दिन आज नेवार समुदायले आफनो टोल वरपर रहेका पानीको परम्परागत स्रोत इनार, कुवा, पोखरी र ढुंगेधाराको सामाजिक दुरी कायम गरी सरसफाई गर्दैैछन् ।

ग्रिष्म मौसम सकेर बर्षा याम सुरु भएको बेला जेष्ठ शुक्ल पक्ष षष्ठी तिथीका दिन सिथि नखः पर्व मनाइन्छ । यो समयमा पानीको सतह पुरै घट्ने भएकाले स्रोत सरसफाई गर्न सजिलो हुने गर्दछ ।

रोपाईका लागि शरीर बलियो बनाउन भन्दै दालहन पकवान खाने चलन छ । यो पर्व लिच्छविकालदेखि नै परम्परागत पानीका स्रोत सरसफाई गर्ने पर्वका रुपमा मनाउन थालेको देखिन्छ ।

यसपर्व सँगै नेवार समुदायमा रोपाइँ शुरु भएको सन्देश दिने भएकाले किसान कृषि कार्यमा व्यस्त हुने र जात्रा पर्व सबै थाती राखेर किसान अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि आफूलाई तयार पार्ने चाडका रुपमा रहेकाले पनि यसको विशेष महत्व राख्ने गरेको उनको कथन रहेको छ।

सिठी नखः अर्थात कुमार षष्ठी महादेव पार्वतीका ज्येष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा पनि धार्मिक महत्व रहेको छ । गणेश देवताका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । कुमारको पूजा आराधना गर्नाले वर्षात्को बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको छ ।

सिथि नखःकाे दिन सरफाई गर्ने इनार, कुवा , ढुंगेधाराको पानी ४ दिनपछि पुजा गरेर मात्र चलाउन मिल्ने परम्परा छ । सिथी नखःले परापूर्वकालदेखि पानीका मुहान सधै सफा राख्नुपर्दछ, विशेष गरी वर्षाको बेला पानीका मुहान बढी दूषित हुने भएकाले यसलाई सफा गर्नुपर्छ भन्ने सन्देश दिने गरेको छ ।
आजका दिन बिहान सबेरै नुहाइधुवाई गरी बिभिन्न परिकार पकाएर कार्तिके देवतालाई चढाएर खाने गरिन्छ । घरको मुल ढोका बाहिरको (पिखालखु) अर्थात् क्षत्रपाल कुमारलाई सिथि देवताका रुपमा पुजा गर्छन ।

सिथी नखःले परापुर्व कालदेखि पानीका मुहान सधैं सफा राख्नु पर्दछ, विशेषगरी वर्षाको बेला पानीका मुहान बढी दूषित हुने भएकाले यसलाई सफा गरिनु पर्दछ भन्ने सन्देशसमेत सिथी नखःले दिन्छ ।

त्यसैले, नेवार समुदायमा आजको दिन पानीको मुहान सफा गर्ने प्रचलनसमेत रहेको छ। यस दिन पानीका प्राकृतिक स्रोत इनार, कुवा, पोखरी र ढुंगेधारा सरसफाइ गरेर सिथी नखः पर्व मनाउने गरिन्छ।

सिथि नखःका दिन देखि ज्यापु समुदायले धिमे बाजा थन्क्याउदै  
सिथि नखःको दिन देखि ज्यापु समुदायले धिमे बाजा थन्क्याउने गर्दछन् र रोपाइ तिर लाग्दछन् जसलाई सिनाज्या भनिन्छ । त्यसैले सिथि नखःको भोलिपल्ट देखि गथेमंगल घण्टाकर्ण  नआएसम्म एक महिना अविधिभर धिमे बाजा र भुस्या बजाउन नहुने मान्यता छ र यस अविधिभर कुनै पनि स्थानमा धिमे बजाइदैन ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता