काठमाडाैंमा निषेधाज्ञा एक हप्ताकाे लागि थप

काठमाडाैंमा निषेधाज्ञा एक हप्ताकाे लागि थप

मेट्रो संवाददाता

३१ जेठ २०७८ ६:५८

काठमाडाैं, जेठ ३१

काठमाडाैंमा निषेधाज्ञा एक हप्ताकाे लागि थप गरिएकाे छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा अझ थप ‘केही खुकुलो’ बनाएर असार ७ गतेसम्म  निषेधाज्ञा घोषणा गरेका छन् ।

तर याे समयमा खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ।

त्यस्तै निर्माण सामाग्री पसल दिनकाे ४ बजे देखि खाेल्निन पाइने भएकाे छ भने ‘अनलाइन तथा टेक अवे’ सेवा ‘होम डेलिभरी’ बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म गर्न पाइने भएको छ। गत हप्ता सर्वोच्च अदालतले अनलाइन माध्यमबाट सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको थियो।

हप्तामा दुई दिन – आइतवार र बिहीवार – मात्रै सञ्चालन गर्नेगरी सहकारी संस्था तथा रेमिटहरू पनि खोल्न पाइने व्यवस्था गरिएको छ। त्यस्तै विकास निर्माणका कार्य अघि बढाउनका लागि आवश्यक ढुवानी सेवा सञ्चालन गर्न सहज बनाइएको छ। निर्माण सामाग्री ढुवानीका लागि सवारी साधन राति ९ बजे देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता