भृकुटिले लगेकी ऐतिहासिक बुद्ध मूर्तिको फोटो

भृकुटिले लगेकी ऐतिहासिक बुद्ध मूर्तिको फोटो

मेट्रो संवाददाता

५ असार २०७८ १६:५२

लिच्छवीकालकी नेपाली राजकुमारी एवं विभूति भृकुटीले नेपाली कला संस्कृति तिब्बतमा फैलाएको भनेर इतिहासका पानामा उल्लेख छ।

अंशु वर्माले तिब्बतसँग दरिलो सम्बन्ध बनाउन भृकुटीको विवाह चीनका शासक सङचङ गम्पोसँग गरिदिएका थिए।

भृकुटिले तिब्बतका राजा सङचङ गम्पोलाई बौद्धधर्मलाई राजकीय धर्म बनाउन प्रेरित गरेका थिए।

कला संस्कृतिको धनी बुद्ध जन्मेको देशकी राजकुमारीले बुद्धको सन्देश बोकेर तिब्बत गएको र गौरवपूर्वक नेपालको नाम उत्तर चीन तिब्बतमा चम्काएको इतिहास छ ।

तिब्बती जनश्रुतिअनुसार राजकुमारी भृकुटीले दाइजोका रूपमा अक्षोभ्य, मैत्रेय तथा ताराका मूर्तिहरू लगेकी थिइन्।

सातौँ शताब्दीमा तिब्बतमा बुद्धधर्म र नेपाली संस्कृतिको प्रवर्द्धन गरेकी भृकुटीलाई हरिततारा भनेर समेत चिनिन्छ।

नेपाली लिच्छवी राजाकी छोरी भृकुटीले बौद्ध धर्मलाई तिब्बतको राष्ट्रिय धर्म बनाउने प्रयासमा एक सक्रिय व्यक्तित्व थिए ।

भृकुटी

भृकुटीलाई पहिलो राताे दरबारको निर्माणको श्रेय दिइन्छ, जुन ठाउँमा अहिले पोटाला दरबार खडा छ।

दरबार सुरुमा नेवार शिल्पकारहरूको साथसाथै तिब्बती मजदुरहरूको प्रयोग गरी निर्माण गरिएको थियो र तिब्बतमा अन्य मन्दिर र गुम्बा निर्माण गरिएको थियो।

ल्हासामा अवस्थित रामचे गुम्बाको तिब्बतीमाझ महत्वपूर्ण स्थान छ। यस गुम्बामा एक हजारबढी बौद्ध धर्मसम्बन्धित मूर्तिहरू रहेका छन्। साथै यहाॅं नेपाली राजकुमारी भृकुटीले तिब्बतमा ल्याएको ८ बुद्धको मूर्ति पनि राखिएको छ।

सर्वसाधारणलाई फोटो खिच्न मनाही गरिएको यस गुम्बामा सीएमजी टोलीलाई उक्त बुद्ध मूर्तिको फोटो खिच्न दिइएको थियो। सोही विशेष बुद्ध मूर्तिको ‘एक्सक्लुसिभ’ फोटो तपाईॅंका लागि।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता