मेट्रो संवाददाता
१९ असार २०७८ २३:११
काठमाडाैं, १९ असार २०७८ ।
मनाङको नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी नदीको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीले पुल भासिएको हो । पुल भासिदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ ।
यही असार महिनाको शुरुवातदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए ।
उनले भने, “असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लामा वितण्डा नै मच्चायो , जिल्लाको सबैभन्दा विकट क्षेत्र नार्पा हो । यहाँ सवारी आवगमन हुदैँन, पैदल , घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ । अहिले मर्स्याङ्डीको बाढीले नार्पा जोड्ने एक मात्र मुख्य माध्यम रहेको कोतोमा झोलुङ्गे पुल भासिएपछि समस्या उत्पन्न भएको छ ।”
बाढीपहिरोका कारण नार्पाभूमिका चार पुल मध्ये तीन बाढीले बगाइसकेको छ । नार्पा जोड्ने मुख्य पुल पनि अहिले भासिएर हिड्नै नहुने भएको यहाँका जनप्रतिनिधिहरुले जनाएका छन् । यहाँका सबै बाटोघाटो र पुलहरु भासिनुका साथै बगाएपछि अहिले खाद्यान्न ढुवानी गर्न समेत रोक लगाइएको छ । नार्पाभूमिका २ का वडाध्यक्ष मिङ्मर फुन्चो लामाले उक्त स्थानमा खाद्यान्न ढुवानी गर्दा दुर्घटनाको सम्भावना रहेकाले आवगमनमा रोक लगाइएको जानकारी दिए । यसबाट नार्पाका स्थानीय व्यापारी र सर्वसाधारण प्रभावित भएका छन् ।
जिल्लामा बाढीले करोडौँको भौतिक क्षति पुर्याएको जनाइएको छ । मस्र्याङ्दी नदी लगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । नासोँ , चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ ।
बाढीले भत्काएका सडक अझै बनेनन्
विनासकारी बाढीले क्षतविक्षत बनाएको जिल्लाको सडक सम्पर्क अझै जोडिन सकेको छैन । बाढीले ठाउँठाउँमा सडक भत्काएकाले अन्य जिल्लासँग सडक सम्पर्क बिच्छेद भएको छ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङदेखि मनाङको माथिल्लो मनाङसम्मका विभिन्न स्थानमा बाढीले भत्काएका सडक सुचारु हुन सकेका छ्रैनन् । सो सडकखण्ड पहिरोले ठाउँ ठाउँमा क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।
उनका अनुसार केही ठाउँमा बाढीले सडक बगाएको छ । ती सडक तत्काल सुचारु हुने तत्काल सम्भावना नरहेकोब बताइएको छ । यही असार सडक अवरुद्ध हुँदा खाद्यान्नलगायत अत्यावश्यक सामानसमेत हेलिकप्टरको माध्यमबाट ल्याउनुपर्ने बाध्यता छ । सो सडकखण्डको ४० प्रतिशत सडक अवरुद्ध भएको जनाउँदै सडक सञ्चालन हुन एक महिना लाग्ने देखिएको छ । बाढीले मस्र्याङ्दी नदी अन्य खोलानलामाथि बनेको बेलिब्रिज, झोलुंगे पुल, लघु जलविद्युत् र खानेपानीको पाइप बगाएको छ ।
चामेमा अस्थायी बाटो बनाउन थालियो
मस्र्याङ्दी नदीको पानीको बहाब कम भएपछि सदरमुकाम चामेमा आवतजावतका लागि बाटो बनाउन थालिएको छ । बाढीले भौतिक संरचना, व्यक्तिगत घर, सरकारी कार्यालयका भवन, बस्ती उजाडिएको छ । वर्षा कम भएसँगै नदीको सतह पनि घटेपछि आवतजावतमा सहज बनाउनका लागि चामे गाउँपालिकाका विभिन्न स्थानमा घोटेटो निर्माण थालिएको प्रजिअ लामिछानेले जानकारी दिए । “मनाङ सडक सञ्जाल टुटेको छ, अस्थायी पुल, सडकहरु पूर्ण रुपमा देखिदैन, आज पानी पर्न कम भएको छ, स्थानीयलाई खाद्यान्न ल्याउन, लान सहज बनाउन बाटो निर्माण थालिएको हो,” उनले भने ।
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


