भानु जयन्ती मनाइयो

भानु जयन्ती मनाइयो

मेट्रो संवाददाता

३० असार २०७८ ३:१०

काठमाडाैं, २९ असार २०७८ ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ८ औँ जयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।


भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेका हुन् । विक्रम सम्वत १८७१ असार २९ गते तनहुँको चुँदिरम्भा गाउँमा जन्मिनुभएका भानुभक्तको निधन १९२५ असोजमा भएको थियो ।


कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका हुन् । भानुभक्तका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचना लोकप्रिय छन् ।


यस वर्ष पनि गत वर्ष जस्तै कोरोना भाइरसको संक्रमण फैलन सक्ने भएकाले भौतिक दूरी कायम गर्दै विविध कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाइएको छ ।

भानुभक्तको जन्म जयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, वर्मालगायत नेपाली भाषाभाषी रहेको देश एवं स्थानमा पनि मनाइएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता