कोभिशिल्ड खोपको दाेस्राे मात्रा ‘एस्ट्राजेनिका’ लगाउन काठमाडौँमा १४४ केन्द्र

कोभिशिल्ड खोपको दाेस्राे मात्रा ‘एस्ट्राजेनिका’ लगाउन काठमाडौँमा १४४ केन्द्र

मेट्रो संवाददाता

२६ साउन २०७८ ३:११

काठमाडाैं, २५ साउन । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका व्यक्तिलाई साउन २५-२६ गते दोस्रो मात्राको खोप ‘एस्ट्राजेनिका’ दिइन थालेको छ ।

कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिइएकाे हाे।

गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथि उमेर समूहका करीब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’को पहिलो मात्रा लगाइएको थियो। दोस्रो मात्राका लागि खोप नआएपछि अहिलेसम्म ती व्यक्तिले लगाउन पाएका थिएन।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा दोस्रो मात्राको खोप एस्ट्राजेनिका लगाइने भएको जानकारी दिए । उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताए । 

खाेप केन्द्र निरीक्षण गर्ने क्रममा कामपा प्रवक्ता एवं १५ वडाध्यक्षा इश्वरमान डंगाेल ।

यता कामपा १५ वडा भित्र रहेको सामुदायिक स्वास्थ परिषद् खोप केन्द्रमा ‘एस्ट्राजेनिका’ खाेप लगाएपछि जेष्ठ नागरिकहरूमा खुशीकाे राैनक छाएकाे उक्त खाेप केन्द्रमा परिचालित भ्याक्सिन भाेलियन्टर उपत्यका युथफाेर्स कमान्डर उद्दव खड्गीले बताए ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता