मेट्रो संवाददाता
२० भदौ २०७८ २३:४१
काठमाडाैं, २० भदाै । कोरोना भाइरस (कोभिड-१९) विश्वव्यापि महामारीको रुपमा फैलिरहेकोले कीर्तिपुरमा पनि यसको सङ्क्रमण उच्च रहेको छ । यसको न्यूनीकरणका लागि कीर्तिपुर नगरपालिकाले मास्क विना प्रवेश निषेध गर्ने भएकाे छ ।
कीर्तिपुर नगरपालिकाले नगरमा मास्क प्रयोगको सुनिश्चितता अभियानको शुभारम्भ गरेका छन् । वडा नं. १० स्थित होटल हिलसाइडमा भएको कार्यक्रममा सो अभियानको शुभारम्भ गरेको हो।
यसै सन्दर्भमा नेपाल सरकारले निषेधाज्ञा हटाए तापनि यो सक्रमणको जोखिम भने यथावत रहेकोले नगरबासीहरू र नगरमा आउनुहुने जो कोही पनि विना मास्क नहिड्नु भनी मास्कको प्रयोग अनिवार्य गर्ने कार्यको शुभारम्भ गरेको हो।
कार्यक्रमको उद्घाटन गर्नुहुँनै नगर प्रमुख महर्जनले कोभिड-१९ बाट बच्ने उपाय भनेकै खोप सही तरीकाले लगाउने र मास्क सही किसिमले बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने भएकोले हाल कीर्तिपुर नगरपालिकामा ८५ प्रतिशत भन्दा बढीले खोप लगाइसकेको र सही तरीकाले लगाउने मास्कलाई हाम्रो दैनिकी जीवनसँग जोड्नु पर्ने बताउनुभयो।
जसरी लुगा लगाएर बाहिर निस्कन्छ, त्यसरी नै मास्क लगाएमा मात्र बाहिर निस्कनु पर्ने र यो चेतना सबैमा दिनु पर्ने प्रमुख महर्जनले बताउनुभयो।
कार्यक्रममा उप-प्रमुख खड्काले जो कोही पनि बाहिर निस्कदा सही तरीकाले मास्क लगाउनु पर्ने तर आवश्यक भौतिक दूरी कायम छ भने त्यस्तो अवस्थामा मास्क नभएपनि खासै फरक नपर्ने बताउनुभयो।
कीर्तिपुर नगरपालिकाको आयोजनामा भएको यस कार्यक्रमलाई लायन्स क्लब अफ काठमाडौं किपू, लियो क्लब अफ काठमाडौं किपू र युनिसेफले सहयोग गरेको हो । युनिसेफले मास्क बैंकका लागि पनि मास्क हस्तान्तरण गरेको थियो।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


